ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ३५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले खाना पकाउने ग्यास खरिद गर्न राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारको आलोचना गरेका छन्।

काठमाडौंका पाँच स्थानबाट शनिबार ग्यास बिक्री वितरण भइरहे पनि उपभोक्ताले ग्यास लिन परिचयपत्र बोकेर लामो लाइनमा बस्नुपर्ने अवस्था आएको भन्दै शाहीले आपत्ति जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले लेखेका छन्, “ग्यास किन्न पनि अब राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य! आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री हुँदै छ, तर ग्यास लिन पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आयो।”

सरकारले पाँच महिनामै देशको कायापलट गरिदिन्छ भन्ने अपेक्षा नरहेको उल्लेख गर्दै उनले नागरिकले दैनिक जीवनमा भोगिरहेका आधारभूत समस्या भने समाधान गर्न सक्नुपर्ने बताए।

“सरकारले पाँचै महिनामा देशलाई कायापलट गरिदिन्छ भनेर हामीले अपेक्षा गरेका छैनौँ। तर जनताले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या त समाधान गर्न सक्नुपर्यो नि सरकार!” उनले भनेका छन्।

ग्यास अभावमा सरकारको ध्यानाकर्षण

शाहीले ग्यासजस्तो अत्यावश्यक वस्तु खरिद गर्नसमेत नागरिकले सास्ती खेप्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको बताएका छन्। उनले ग्यास वितरण प्रणालीलाई सहज बनाउन र उपभोक्तालाई अनावश्यक दुःख नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका विभिन्न पाँच स्थानबाट ग्यास वितरण थालेको छ। निगमले ग्यास खरिदका लागि उपभोक्ताले परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने व्यवस्था गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शनिबार काठमाडौंमा ६८ सय एलपी ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ स्थानमा वितरण

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Condemns Japanese Shrine Visits, Accusations of Revising Wartime History

Nepal Launches Online Portal for National Health Insurance

Beyond Critique: Reclaiming Karl Marx’s Vision of a Flourishing Society

शनिबार काठमाडौंमा ६८ सय एलपी ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ स्थानमा वितरण

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu