ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्तामा नारायणी नदीको कटान र डुबान


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ९ : ०५   बजे

रूपन्देही । समयमै तटबन्ध नभएकोले नारायणी नदीमा आएको बाढीको कारण पश्चिम नवलपरासीको सुस्तामा डुबान भएको छ भने कटान बढेपछि स्थानीयवासीमा त्रास बढेको छ। सो गाउँपालिका-५ को थारू टोलमा नारायणीको बाढीले जलमग्न भएको हो।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले समयमै तटबन्ध नगरिएकाले नेपाली सीमा रक्षक बनेर बसेका सुस्तावासी डुबानको कारण थप समस्यामा परेको जनाएका छन् । कटान बढेपछि स्थानीयमा त्रास बढेको उनले जानकारी दिए।

तीन तर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने सधैंको समस्या रहेको छ । सुस्तामा धेरै घर जलमग्न भएको स्थानीयवासीले जनाएका छन्। नारायणी नदीमा भरपर्दो तटबन्ध नहुँदा सुस्तामा बाढी, खेतीयोग्य जमिन कटानको जोखिम बढेको छ।

तटबन्ध निर्माणमा अवरोध

बाढी रोकनका लागि आफैं तटबन्ध बाँध्नका लागि स्थानीयवासी कस्सिए पनि भारतले तटबन्ध गर्न अवरोध गरेको स्थानबाट बाढी बस्तीमा पसेको गौतमले जनाए। बाढीको जोखिम क्षेत्रमा स्थानीय र सुरक्षाकर्मी मिलेर विगत १५ दिनदेखि नदीमा अस्थायी तटबन्धको काम गरिरहेका छन्।

साउन १७ गते आइतबार सुस्ता गाउँपालिका-५ सुस्ता गाउँमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेर अस्थायी तटबन्ध खन्न लागेपछि स्थानीयवासीले प्रतिकार गरेर लखेटिएका थिए । जेठ २९ गते नारायणी नदीमा १ सय ३२ मिटर तटबन्ध निर्माणमा भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि स्थानीयले भारतीय सुरक्षाकर्मीलाई लखेटेका थिए।

१ करोड ४० लाख रुपैयाँ तटबन्धको लागि विनियोजन भए पनि काम हुन नसकेपछि स्थानीयवासीले माटोको तटबन्ध बनाएका थिए । अहिले भारतीय पक्षले तटबन्ध गर्न अवरोध गरेको सुस्ता थारु टोलबाट बाढी बस्तीमा पसेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवाल बताउँछन्।

बाढीले पुर्‍याएको क्षति

शुक्रबार दिउँसो सुस्तामा बाढी पसेको र केही घर जलमग्न भएको छ । अन्य क्षतिको विवरण आउन बाँकी रहेको र उद्धारका लागि सुरक्षाकर्मी तैनाथ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए।

सुरक्षा अवस्था

प्रहरीले तत्कालै उद्दार तथा राहतको काम सुरु गरेको छ। बाढीले थप क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Indian Embassy Celebrates 80 Years of Independence, Honors Nepali Veterans

Al-Burhan Offers Immunity for Sudanese Dialogue, Rejects RSF Return

Ukraine Strikes Deep Into Russian Territory as Moscow Probes Arms Transfer Reports

Russia Warns US-Türkiye Arms Transfer to Ukraine Will Damage Trust

Iran Rejects Trump’s Claim to Strait of Hormuz

Ukrainian Far-Right Unit Honors Nazi Collaborator With Torchlit Ceremony

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu