काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
अध्यक्ष पदका अन्य उम्मेदवार युविका भण्डारीले १५८ मत र जीस्वन तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा सविता केसी भट्टराईले १७७ मत, महासचिवमा राजकुमार देवकोटाले १५८ मत, सचिवमा रमेश पराजुलीले १९५ मत, कोषाध्यक्षमा डिकी शेर्पाले २०८ मत तथा सहसचिव/सहकोषाध्यक्षमा जीवन कोइरालाले १६६ मत प्राप्त गर्दै विजयी भएका छन्।
सदस्य पदमा स्मरिका थापा, प्रकाश लोहनी, नबिन गुरुङ, दिनेश मैनाली, सुमन लाल श्रेष्ठ, स्वस्तिका प्रधान, सङ्केत दाहाल र बिभाष पौडेल निर्वाचित भएका छन्।
नाटाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो। यसअघि नाटाको अध्यक्षको जिम्मेवारी कुमारमणि थपलियाले सम्हाल्दै आएका थिए।
यसै अवसरमा नाटाको ५९औँ साधारणसभा पनि सम्पन्न भएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्