ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ९ : ४५   बजे

पोखरा । मुस्ताङको जोमसोममा भन्सार जाँचपास नगरी ल्याइएका आठ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शनिबार घरपझोङ गाउँपालिका–४ स्थित जोमसोम पर्यटक चेकपोस्टबाट चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ।

अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले शनिबार दिउँसो करिब १२ बजे जोमसोम पर्यटक चेकपोस्टमा जाँच थालेको थियो। सो क्रममा कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकहरूसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा आठवटै कन्टेनर भन्सार यार्डमा आवश्यक चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुनसक्ने आशंका भएपछि कन्टेनर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरू :

१. ना.६ ख ४७४१ नम्बरको कन्टेनर र धार्के गाउँपालिका–२, धादिङका ३० वर्षीय चालक ईश्वर थापा।

२. को.१ ख ५६९६ नम्बरको कन्टेनर र शैलुङ गाउँपालिका–३, दोलखाका ४३ वर्षीय चालक रत्नबहादुर तामाङ।

३. बागमती प्रदेश ०१–००६ ख २२४८ नम्बरको कन्टेनर र भीमेश्वर नगरपालिका–८, दोलखाका २९ वर्षीय चालक उद्धव बस्नेत।

४. बागमती प्रदेश ०१–००६ ख ६२७३ नम्बरको कन्टेनर र तानसेन नगरपालिका–८, पाल्पाका ३६ वर्षीय चालक धर्मबहादुर नेपाली।

५. ना.३ ख ७१६० नम्बरको कन्टेनर र भोटेकोशी गाउँपालिका–२, सिन्धुपाल्चोकका ३५ वर्षीय चालक कर्म शेर्पा।

६. ना.६ ख २०२२ नम्बरको कन्टेनर र जुगल गाउँपालिका–५, सिन्धुपाल्चोकका ३३ वर्षीय चालक निरोज नेपाली।

७. बागमती प्रदेश ०१–००६ ख ६६११ नम्बरको कन्टेनर र पाँचखाल नगरपालिका–८, काभ्रेका २३ वर्षीय चालक विशाल तामाङ।

८. बागमती प्रदेश ०१–००५ ख २२४५ नम्बरको कन्टेनर र भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकका ३६ वर्षीय चालक गोपाल श्रेष्ठ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Indian Embassy Celebrates 80 Years of Independence, Honors Nepali Veterans

Al-Burhan Offers Immunity for Sudanese Dialogue, Rejects RSF Return

Ukraine Strikes Deep Into Russian Territory as Moscow Probes Arms Transfer Reports

Russia Warns US-Türkiye Arms Transfer to Ukraine Will Damage Trust

Iran Rejects Trump’s Claim to Strait of Hormuz

Ukrainian Far-Right Unit Honors Nazi Collaborator With Torchlit Ceremony

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu