ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै, पाँच दिनमै पुगे डेढ लाखभन्दा बढी अवलोकनकर्ता


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ३५   बजे

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको छदिने एक्स्पोको पाँचौँ दिनमै आयोजकले राखेको कुल अवलोकनकर्ता लक्ष्य पूरा भएको जनाएको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) का अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन्। यससँगै पाँच दिनमा एक्स्पोमा पुग्ने अवलोकनकर्ताको संख्या १ लाख ५० हजार नाघेको छ। नाइमाले छ दिनमा १ लाख ५० हजारले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो।

अटो एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा उत्साहजनक रूपमा दर्शकको सहभागिता भएको बताए। उनका अनुसार एक्स्पो उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै ग्राहक तथा अवलोकनकर्तालाई आकर्षित गरिरहेका छन्। हालसम्म एक्स्पोमा विभिन्न ब्रान्डले ५३ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्।

विशेषगरी विद्युतीय सवारीसाधनप्रति अवलोकनकर्ताको चासो उल्लेख्य देखिएको आयोजकले जनाएको छ। विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनका स्टलमा अवलोकनकर्ताको भीड देखिएको छ।

अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, चार्जिङ समय, ड्राइभिङ रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र रिसेल भ्यालुजस्ता विषयमा विशेष चासो राख्ने गरेका छन्। यसले नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै उपभोक्ताको प्राविधिक जानकारी र दीर्घकालीन प्रयोगसम्बन्धी चासोसमेत बढ्दै गएको संकेत गरेको छ।

ग्राहक आकर्षित गर्न सहभागी कम्पनीहरूले विभिन्न छुट, अफर तथा अन्य सुविधा उपलब्ध गराएका छन्। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि बजारमा स्थापित कम्पनीका नयाँ मोडलसम्म प्रदर्शनीमा राखिएका छन्।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण हो। स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता, आयातकर्ता तथा वितरकहरूको सहभागिता रहेको एक्स्पोमा विद्युतीय सवारीसाधनलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

छ दिनसम्म सञ्चालन हुने भनिएको एक्स्पो आज साउन ३१ गते समापन हुँदैछ। पाँच दिनमै लक्ष्यभन्दा बढी अवलोकनकर्ता पुगेपछि आयोजकले नेपाली उपभोक्तामाझ नयाँ पुस्ताका सवारीसाधन, विशेषगरी विद्युतीय मोबिलिटीप्रति बढ्दो आकर्षणलाई एक्स्पोको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu