ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतबार सात स्थानबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकामा सात विक्री केन्द्रबाट खाना पकाउने एलपी ग्यास वितरण गर्ने भएको छ।

निगमका अनुसार टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछ। बुढानीलकण्ठको पशु सेवा शाखा चपलीबाट नेपाल, एचपी र भानु ग्यास उपलब्ध हुनेछन्।

त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी केन्द्रबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिनेछ। नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास वितरण हुनेछ।

तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरि नगरपालिका परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री हुनेछन्।

निगमले ग्यास खरिद गर्न आउने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर बिक्री केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।

शनिबार ६ हजार ८०२ सिलिन्डर बिक्री

निगमले शनिबार काठमाडौंका विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ती केन्द्र तोकिएका थिए।

सबैभन्दा बढी टेकु परिसरबाट दुई हजार २९० सिलिन्डर बिक्री भएको थियो। बबरमहलबाट एक हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय चाबहिलबाट ७२० र राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।

त्यस्तै, बालाजुबाट ५०० तथा साल्ट ट्रेडिङको जडीबुटी र कालिमाटी काउन्टरबाट ३३० सिलिन्डर बिक्री भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu