ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १२ : २५   बजे

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ १ गतेदेखि लागू हुने नयाँ दरअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ। साउनमा यस्तो औसत दर ४.१७ प्रतिशत थियो। यसअनुसार एक महिनामा औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेको हो।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेर ३.०८ प्रतिशतमा कायम भएको छ। साउनमा यो दर ३.१२ प्रतिशत थियो।

कुन बैंकको कति ब्याजदर ?

भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले कायम गरेको ब्याजदर यस्तो छ :

बैंक ब्याजदर
कृषि विकास बैंक ४.१५%
एभरेस्ट बैंक ४.०५%
नेपाल बैंक ४.१५%
कुमारी बैंक ३.७६%
नेपाल एसबीआई बैंक ४.१०%
लक्ष्मी सनराइज बैंक ४.००%
ग्लोबल आइएमई बैंक ४.००%
प्राइम कमर्सियल बैंक ४.००%
सिटिजन्स बैंक ३.८५%
प्रभु बैंक ४.५५%
माछापुच्छ्रे बैंक ४.५०%
एनएमबि बैंक ४.५०%
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३.८०%
हिमालयन बैंक ४.००%
सिद्धार्थ बैंक ३.७६%
नबिल बैंक ४.५५%
सानिमा बैंक ४.५०%
राष्ट्रिय वाणिज्य बैंक ४.००%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.५०%
एनआईसी एशिया बैंक ४.००%

निक्षेपकर्ताको प्रतिफल घट्दै

बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदै जाँदा मुद्दती निक्षेपमा रकम राख्ने बचतकर्ताले पाउने प्रतिफलसमेत क्रमशः घट्दै गएको छ।

ब्याजदरमा आएको गिरावटले बचतकर्ताको आम्दानीसँगै बैंकहरूको निक्षेप संकलन रणनीतिमा समेत प्रभाव पार्ने देखिन्छ। विशेषगरी उच्च ब्याजदर खोज्ने संस्थागत तथा व्यक्तिगत निक्षेपकर्ताले बैंक छनोट गर्दा फरक–फरक ब्याजदरलाई ध्यान दिनुपर्ने अवस्था बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

२४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, १२२ घाइते

भाटभटेनी भक्तपुर स्टोर भदौ १ गतेदेखि २४ घण्टा खुल्ने

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

ओलीको आक्रोश– ‘१९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने?’

खराब कर्जाको समस्या कायमै: नाफा बढ्दा पनि बैंकहरूको वित्तीय स्वास्थ्यमा पूर्ण सुधार भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu