ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र विवाहबीचको द्वन्द्वमा केन्द्रित कथा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौँ । रेखा थापा निर्देशित फिल्म **‘माया भनेकै यस्तो होला’**को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले प्रेम, विवाह, सम्बन्ध र परिस्थितिबीच उत्पन्न हुने द्वन्द्वलाई कथाको मुख्य विषयका रूपमा प्रस्तुत गरेको छ।

कवितात्मक शैलीबाट सुरु हुने टिजरमा, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवाद सुनिन्छ। यही संवादले फिल्मको कथामा प्रेम र विवाहबीच आउने दूरी, बाध्यता तथा भावनात्मक द्वन्द्वको संकेत गर्छ।

टिजरमा अभिनेता दिल श्रेष्ठको पात्रको जीवनमा दुई युवतीको प्रवेश देखाइएको छ। नीति शाहसँग उनको सम्बन्धलाई सुरुवाती चरणमा प्रेम, रोमान्स र भविष्यका सपनासँग जोडेर प्रस्तुत गरिएको छ। दुवैको हाँसो, रमाइलो र आत्मीय सम्बन्धका दृश्यले उनीहरूबीच गहिरो प्रेम रहेको संकेत गर्छ।

तर कथाले त्यसपछि अप्रत्याशित मोड लिन्छ। प्रेम गरेको युवतीसँगै जीवन बिताउने अपेक्षा गरिरहेको पुरुष पात्र अन्ततः विवाहको मण्डपसम्म पुग्छन्, तर उनले चाहेको प्रेमिका त्यहाँ उपस्थित हुँदिनन्। यही अवस्थाबाट फिल्मको मुख्य भावनात्मक द्वन्द्व सुरु हुने संकेत टिजरले दिएको छ।

टिजरमा नीति शाहलाई चञ्चल तथा प्रेमिल भूमिकामा देखाइएको छ भने सृष्टि श्रेष्ठको पात्रलाई तुलनात्मक रूपमा गम्भीर र रहस्यमय रूपमा प्रस्तुत गरिएको छ। नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा अर्को तह थपिने संकेत गरेको छ।

फिल्ममा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठका साथै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक रेखा थापाले यसअघिका आफ्ना चलचित्रमा एक्सन र नारी शक्तिका विषयलाई प्राथमिकता दिँदै आएकी थिइन्। तर **‘माया भनेकै यस्तो होला’**मा भने उनी भावनात्मक कथावस्तु र सम्बन्धको मनोविज्ञानमा केन्द्रित भएको देखिन्छ। टिजरले पनि यसपटक थापाको निर्देशन शैलीमा फरक स्वाद प्रस्तुत हुने संकेत गरेको छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। फिल्मको पटकथा ध्रुव लम्सालले लेखेका छन्।

‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। टिजर सार्वजनिक भएसँगै फिल्मको कथामा प्रेम गर्ने व्यक्ति र विवाह गर्ने व्यक्तिबीचको सम्बन्ध कसरी बदलिन्छ भन्ने विषयलाई लिएर दर्शकमाझ चासो बढेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

गगन थापा : जीवनमा नभोगेको निन्दा र गाली पछिल्ला तीन दिनमा सहें

सम्बन्धित

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu