ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । दक्षिणी लेबनानमा शनिबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये महिला तथा बालबालिका पनि छन् ।

नाबातियेह जिल्लाको अन्सार गाउँको बाहिरी क्षेत्रमा भएको आक्रमणमा एउटा घर ध्वस्त हुँदा सात जनाको मृत्यु भएको थियो । त्यसपछि देइर अल–जहरानी गाउँमा भएको अर्को आक्रमणमा चार जनाको मृत्यु भएको र १७ जना घाइते भएका छन् ।

नाबातियेह नजिकैको रणनीतिक अली अल–ताहेर पहाडी क्षेत्रमा पनि इजरायली सेनाले आक्रमण गरेको थियो ।

इजरायली सेनाले हिजबुल्लाहको सैन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । उसका अनुसार हिजबुल्लाहसँग सम्बन्धित गतिविधिको जवाफमा आक्रमण गरिएको हो ।

बढ्दो तनाव

शनिबारको आक्रमण जुन महिनामा भएको युद्धविरामपछि दक्षिणी लेबनानमा भएको सबैभन्दा घातक आक्रमण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस घटनाले इजरायल र हिजबुल्लाहबीचको तनाव पुनः बढ्ने चिन्ता बढाएको छ ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले आक्रमणको निन्दा गर्दै यसले क्षेत्रीय स्थायित्वमा असर पार्ने बताएका छन् । हिजबुल्लाहले पनि आक्रमणको विरोध गर्दै जवाफ दिने चेतावनी दिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

दक्षिण वेल्सको डढेलो नियन्त्रणमा गोर्खा सैनिक परिचालन

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu