ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ३५   बजे

काठमाडौँ । २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गर्दै भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँटलाई मनोनित गरेको जनाएको हो।

यस वर्ष पिपल्स च्वाइस अवार्डको मतदान डिजिटल वालेट खल्ती बाई आईएमईमार्फत हुनेछ। एनएसजेएफ र खल्तीबीच आइतबार मतदान साझेदारसम्बन्धी सम्झौतासमेत भएको छ।

मतदानमा नयाँ व्यवस्था

यसपटक पिपल्स च्वाइसको मतदान प्रक्रियामा परिवर्तन गरिएको छ। अब एक समर्थकले दिनमा एकपटक मात्र मतदान गर्न पाउनेछन् र प्रत्येक मतका लागि १० रुपैयाँ शुल्क तोकिएको छ।

विगतमा रकमको सीमा नराखी मतदान गर्न सकिने व्यवस्थाका कारण धेरै रकम खर्च गर्ने उम्मेदवारले बढी मत पाउने अवस्था देखिएकाले नयाँ व्यवस्था गरिएको एनएसजेएफले जनाएको छ।

विजेता छनोटमा खल्ती बाई आईएमईको मतभार ५० प्रतिशत हुनेछ। बाँकी ५० प्रतिशत मतभार खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक तथा एनएसजेएफका सदस्यबाट प्राप्त मतको हुनेछ।

विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। गत वर्ष भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड जितेका थिए।

को–को छन् मनोनयनमा ?

  • मीना सुनार — भलिबल
  • पूजा राना — फुटबल
  • सानुमाया थिङ — कराते
  • शेर मल्ल — क्रिकेट
  • रवीन्द्र ढाँट — एमएमए

मीना सुनार राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य हुन् भने पूजा राना राष्ट्रिय महिला फुटबल खेलाडी हुन्। सानुमाया थिङ करातेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी खेलाडी हुन्।

त्यस्तै, शेर मल्ल राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी हुन्। रवीन्द्र ढाँट एमएमएका चर्चित खेलाडी हुन्, जसलाई ‘बझाङका बाघ’ भनेर चिनिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Private Sector Key to Expanding Nepal’s Electricity Market, Experts Say

Indian Army Chief Begins Four-Day Visit to Nepal

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

Yemen Conflict Escalates as Houthi Attacks Target Marib and Al-Makha

China Launches Twenty-Fourth Group of Low-Orbit Internet Satellites

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu