ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ३५   बजे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलन अहिले गम्भीर समीक्षाको मोडमा पुगेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन, अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा बोल्दै बस्नेतले परिवर्तनको अपेक्षासहित अघि बढेको जनमत कम्युनिष्ट दलहरूबाट क्रमशः टाढिँदै जानुको कारण पहिचान गर्नुपर्ने बताए।

उनले कम्युनिष्ट आन्दोलनको वर्तमान संकटलाई केवल नेतृत्वको कमजोरी वा कुनै एक व्यक्तिको असफलताका रूपमा बुझ्न नहुने धारणा राखे। उनका अनुसार जनताको असन्तुष्टि र बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीमाथि पर्याप्त बहस हुन नसक्दा समस्या समाधानको जिम्मेवारी व्यक्तिकेन्द्रित बन्न पुगेको छ।

“परिवर्तनको खोजीमा हिँडेको जनअभिमत हामीबाट धेरै पर पुग्ने स्थिति किन र कसरी निर्माण भयो? त्यसलाई सही दिशामा कसरी फर्काउन सकिन्छ? आजको हाम्रो बहसको सार यहीँनिर आउनुपर्दछ,” बस्नेतले भने।

बस्नेतले पछिल्लो समय विश्व राजनीतिमा नवउदारवादको प्रभाव बढे पनि त्यसले सामाजिक तथा आर्थिक असमानता र विभेद घटाउन नसकेको दाबी गरे। विश्व परिस्थितिले मुलुकलाई वामपन्थी वा दक्षिणपन्थीमध्ये कुनै एउटा बाटो रोज्नुपर्ने बहसतर्फ धकेलेको उनको भनाइ थियो।

उनका अनुसार वामपन्थी आन्दोलनले अब परम्परागत नारामा मात्र सीमित नभई जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशामा लैजान सक्ने नयाँ विचार, राजनीतिक कार्यदिशा र प्रणालीबारे गम्भीर बहस गर्नुपर्छ।

बस्नेतले कम्युनिष्ट पार्टीको सफलता वा असफलताको सम्पूर्ण जिम्मेवारी एउटै व्यक्तिलाई दिने प्रवृत्तिले पनि आन्दोलन कमजोर बनाएको बताए। पार्टी र आन्दोलनको अवस्था निर्माणमा सामूहिक नेतृत्व, संगठनात्मक संस्कृति, नीति र राजनीतिक कार्यशैलीको पनि उत्तिकै भूमिका हुने उनको भनाइ थियो।

उनले २०६३ देखि २०८२ सालसम्म विभिन्न कम्युनिष्ट दलहरूले मुलुकको नेतृत्व गर्ने पर्याप्त अवसर पाए पनि त्यस अवधिमा आम नागरिकलाई अपेक्षाअनुसार विश्वस्त पार्न नसकेको टिप्पणी गरे।

“जनताले परिवर्तन चाहेका थिए। कम्युनिष्ट शक्तिहरूले पटक–पटक राज्य सञ्चालन गर्ने अवसर पनि पाए। तर जनताको अपेक्षा र राजनीतिक नेतृत्वबीचको दूरी किन बढ्यो भन्ने प्रश्नबाट अब भाग्न मिल्दैन,” बस्नेतको भनाइ थियो।

उनले अहिलेको बहस केवल विगतको समीक्षा गर्ने विषयमा सीमित नराखी आगामी कम्युनिष्ट आन्दोलनको दिशा तय गर्ने बहस बन्नुपर्ने बताए। जनताको विश्वास पुनः प्राप्त गर्न सक्ने राजनीतिक कार्यक्रम, नेतृत्व र कार्यशैली विकास गर्न नसके वाम आन्दोलन अझ कमजोर हुने उनको चेतावनी थियो।

राष्ट्रिय बहसमा वामपन्थी आन्दोलनको वर्तमान अवस्था, नेतृत्व, विचार, संगठन र भविष्यको कार्यदिशाबारे विभिन्न कम्युनिष्ट धारका नेताहरूले आफ्ना धारणा राखेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Orders Geological Study of Landslide-Hit Western Regions

Nepal’s Ruling Party Launches Program for Direct Citizen Engagement

Yasukuni Shrine: Honoring War Dead or Glorifying Japan’s Wartime Past?

Video Shows Ukrainian Draft Officers Using Tear Gas on Civilians

US Military Considers Russian Air Defense Technology for Radar System Upgrade

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu