ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ३५   बजे

काठमाडौं । हरेक वर्ष साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

यस वर्ष सोमबार हुने नागपञ्चमी मेलाका लागि प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा तथा बजार व्यवस्थापनलगायतका तयारी पूरा भएको नागदह विकास तथा संरक्षण समितिले जनाएको छ।

ललितपुर महानगरपालिका–२४ का वडाध्यक्ष एवं समितिका अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार मेलाका दिन बिहान ४ बजेदेखि नै भक्तजनका लागि दर्शनको व्यवस्था मिलाइएको छ।

नागको पूजा गर्दा घरमा सुख–शान्ति मिल्ने, अन्नबाली राम्रो हुने तथा छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको वडाध्यक्ष पाण्डेले बताए।

भक्तजनको घुइँचो लाग्ने

नागपञ्चमीका अवसरमा उपत्यका तथा आसपासका जिल्लाबाट भक्तजन नागदहमा पुग्ने गर्छन्। भक्तजनले दहमा स्नान गर्नुका साथै विभिन्न भाकल राखेर नाग मन्दिरमा पूजा तथा दर्शन गर्ने परम्परा रहिआएको छ।

मेलामा धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटोलगायत ललितपुरका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ।

५२ रोपनीमा फैलिएको नागदह

प्राकृतिक रूपमा बनेको नागदह करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ। समितिका अनुसार दहको औसत गहिराइ करिब २५ फिट रहे पनि मध्यभागमा ४१ फिटसम्म गहिरो छ। दहको चौडाइ करिब ९३७ मिटर रहेको जनाइएको छ।

प्राचीन तालका रूपमा परिचित नागदह धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। काठमाडौँ उपत्यकाको पानी चोभार गल्छीबाट बाहिरिएपछि यहाँ प्राकृतिक रूपमा दह बनेको र त्यसबेला उपत्यकाका नागहरू यहाँ आएर बसोबास गरेको जनविश्वासका आधारमा नागको पूजा गर्ने परम्परा सुरु भएको स्थानीय विश्वास छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu