ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको स्वागतमा फूलमाला, बिरामी भने डोलीमा : धनगढीमाई–१४ को स्वास्थ्य पहुँचमाथि प्रश्न


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : ३५   बजे

लहान, १ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता धनगढीमाईस्थित महेन्द्र गेनाई अस्पताल र लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको ट्रमा युनिट अवलोकनका लागि लहान पुग्दा रास्वपाका नेता–कार्यकर्ता तथा अस्पताल परिवारले फूलमाला र खादा लगाएर स्वागत गर्नुभएको छ ।

तर, मन्त्रीको स्वागत भइरहेका बेला धनगढीमाई नगरपालिका–१४ मागनका एक बिरामीलाई उपचारका लागि डोलीमा बोकेर अस्पताल ल्याउनुपरेको घटनाले दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँचमाथि प्रश्न उठाएको छ ।

घाँटी दुख्ने र ज्वरो आउने समस्याले सिकिस्त भएका ‘लाहुरे आले’लाई आफन्तले डोलीमा बोकेर गोलबजार अस्पतालतर्फ लगेका थिए । नगरपालिकाको केन्द्र पूर्व–पश्चिम राजमार्गसँग जोडिए पनि वडा नम्बर १३ र १४ का उत्तरी क्षेत्रका बस्तीहरू भौगोलिक रूपमा विकट मानिन्छन् ।

स्थानीयका अनुसार ती बस्तीमा सामान्य स्वास्थ्य उपचारका लागि समेत सहज पहुँच छैन । बिरामी पर्दा घण्टौँ हिँड्नुपर्ने र कतिपय अवस्थामा डोलीमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

स्थानीयवासीले सडक, खानेपानी र विद्युत्को समस्यासमेत झेल्दै आएका छन् । कतिपय बस्तीमा सडक सञ्जाल नपुगेको, खोलाको पानी प्रयोग गर्नुपर्ने तथा बिजुलीको सहज पहुँच नभएको उनीहरू बताउँछन् । वर्षायाममा खोलानाला र बाटोका कारण स्वास्थ्य संस्थासम्म पुग्न झनै कठिन हुने गरेको छ ।

स्थानीयका अनुसार बिजुली पुगेका ठाउँमा समेत सामान्य विद्युत् महसुल तिर्नका लागि टाढा जानुपर्ने बाध्यता छ । आधारभूत पूर्वाधारको अभावले बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या भइरहेको उनीहरूको भनाइ छ ।

यसैबीच, मन्त्री मेहता अस्पतालको ट्रमा युनिट अवलोकन गर्न पुग्दा भएको भव्य स्वागत र केही किलोमिटर पर बिरामीलाई डोलीमा बोकेर अस्पताल लैजानुपरेको दृश्यले स्वास्थ्य सेवाको पहुँच र राज्यको प्राथमिकताबारे बहस सिर्जना गरेको छ ।

स्थानीयवासीले अस्पतालमा सेवा विस्तारसँगै दुर्गम बस्तीबाट स्वास्थ्य संस्थासम्म पुग्ने सडक, यातायात र आधारभूत स्वास्थ्य पूर्वाधार निर्माणमा समेत सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।

धनगढीमाई–१४ का स्थानीयले वर्षौंदेखि सडक, खानेपानी, विद्युत् र स्वास्थ्य सेवाको समस्या भोग्दै आएको बताएका छन् । उनीहरूले आश्वासनभन्दा समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Heavy Monsoon Rains Trigger Warnings Across Nepal

Escalating Violence Reported In Occupied Palestine Amid Diminished International Attention

लगातार वर्षाले ९ सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

Japan’s Economic Growth Slows, Missing Forecasts

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

Renaissance Masterpieces Stolen in Italian Museum Heist

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu