काठमाडौं । राष्ट्रियसभा सदस्य रोशनी मेचेले देशमा नाकाबन्दी वा कुनै संकटको अवस्था नरहे पनि ग्यास अभाव हुनुमा सरकारको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठाएकी छन्।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य रहेकी मेचेले विगतमा नाकाबन्दीको समयमा समेत सरकारले वैकल्पिक व्यवस्था गरेर नागरिकको चुलो बल्न नदिएको स्मरण गराइन्।
“हिजो नाकाबन्दीको समयमा पनि तत्कालीन ओली सरकारले नागरिकलाई विकल्प दिएर कसैको चुलो बल्न बन्द हुन दिएको थिएन,” उनले भनिन्, “अहिले नाकाबन्दी वा कुनै संकटको अवस्था छैन । तर, पनि ग्यास अभावले जनतालाई पीडित बनाएको छ।”
उनले ग्यासको आपूर्ति व्यवस्थापनमा सरकार किन चुकेको हो भन्ने स्पष्ट पार्न माग गर्दै समस्या कहिलेसम्म समाधान हुन्छ भन्नेबारे जवाफ दिनुपर्ने बताइन्।
मेचेले ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै तत्काल आपूर्ति सहज बनाउन माग गरिन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्