ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ३५   बजे

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि सोमबार रिहा भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले उनलाई रिहा गरेको हो।

सर्वोच्चको आदेशमा जनआस्थाले प्रकाशित गरेको भनिएको जाहेरवालाको तस्बिर जाहेरवालाले नै आफ्नो फेसबुकमा सार्वजनिक गरेको देखिएको उल्लेख छ। उक्त तथ्य विपक्षीले खण्डन गर्न नसकेको पनि आदेशमा भनिएको छ।

यस्तै, श्रेष्ठ जनआस्था पत्रिकाको सम्पादक भए पनि विवादित तस्बिर प्रकाशित भएको जनआस्था अनलाइनको सम्पादकीय भूमिकामा उनी रहेको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ।

“निवेदकलाई थुनामै राखी मुद्दाको तहकिकात अनुसन्धान गर्नु पर्नेसम्मको अवस्था विद्यमान नदेखिएकाले अनुसन्धान तहकिकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम निवेदकलाई हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्नू,” आदेशमा भनिएको छ।

पक्राउपछि सर्वोच्चमा रिट

वैयक्तिक गोपनीयता हननको आरोपमा श्रेष्ठलाई बुधबार पक्राउ गरिएको थियो। उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्चले श्रेष्ठको घर र कार्यालयबाट बरामद गरिएका सामग्रीसमेत फिर्ता गर्न आदेश दिएको छ। संविधानको धारा १९ ले सञ्चार माध्यमका सञ्चार सामग्री जफत गर्न नहुने र सञ्चार माध्यम अवरुद्ध गर्न नहुनेलगायतका सञ्चार हक सुनिश्चित गरेको उल्लेख गर्दै सर्वोच्चले बरामद सामग्री फिर्ता गर्न आदेश दिएको हो।

साउन २७ र २८ गते श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरी नियन्त्रणमा लिइएका सामग्री सोमबार इजलासमा पेस गरिएको थियो। ती सामग्री सर्वोच्चका सहरजिस्ट्रारको रोहबरमा सरस्वती श्रेष्ठलाई फिर्ता दिइएको छ।

सञ्चार सामग्री प्रकाशन गरेकै आधारमा थुनामा राख्न नमिल्ने

सञ्चार माध्यममा समाचार प्रकाशन गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई पक्राउ गरी थुनामा राख्न नमिल्ने सर्वोच्चले व्याख्या गरेको छ।

तर सञ्चार स्वतन्त्रताको हक निरपेक्ष र सीमाविहीन भने नभएको अदालतले स्पष्ट पारेको छ। गालीबेइज्जती, अदालतको अवहेलना, सार्वजनिक शिष्टाचार र नैतिकताविरुद्धका कार्यलगायत संविधानले तोकेका अवस्थामा कानुन बनाएर उक्त हकमा मनासिव प्रतिबन्ध लगाउन सकिने सर्वोच्चको भनाइ छ।

जाहेरवालाले दाबी गरेअनुसार वैयक्तिक गोपनीयताको हक उल्लंघन भए वा नभएको विषयमा अनुसन्धानपछि मुद्दा दायर भए अदालतबाटै निरूपण हुने भएकाले हालको आदेशमा त्यसबारे निर्णय नगरिएको सर्वोच्चले जनाएको छ।

श्रेष्ठलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको र आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले उनको थुना गैरकानुनी नभएको भन्दै सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश भने जारी गरेन।

यसअघि जिल्ला अदालत काठमाडौँले सोमबार श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर सर्वोच्चको आदेशपछि प्रहरीले उनलाई सोमबार नै रिहा गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Jordan Invests Heavily to Welcome Christian Pilgrims for Baptism Anniversary

Nepal Minister Calls for Fair Competition in Telecom Sector

UAE Accuses Iran of Ballistic Missile Attack

Former IMF Official Warns US Control of Venezuelan Gold Sets Dangerous Precedent

Trump Declares Strait of Hormuz ‘New US Territory,’ Sparks Iranian Condemnation

Greek Oil Tanker Attacked in Black Sea After Visit to Russian Terminal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu