ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : ०५   बजे

म्याग्दी । बाढी र पहिरोका कारण म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ। सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानीमा समस्या भएपछि जिल्लाका विभिन्न आयोजनाको निर्माण गति सुस्त भएको हो।

धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी–१, माथिल्लो म्याग्दी, म्याग्दीखोला, मुदीखोला र दरखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बाढीपहिरोका कारण प्रभावित भएको छ। यी आयोजनाको क्षमता क्रमशः ५३.५, ३७, ६५, १४ र ६.५ मेगावाट रहेको छ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको निर्माणस्थलसँगको यातायात सम्पर्कसमेत विच्छेद भएको छ।

नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिएपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असारको अन्तिम सातादेखि बन्द रहेको छ। यस्तै, गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि ठप्प भएको छ। उक्त पहिरोमा परी एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए।

निर्माण सामग्री ढुवानीमा समस्या

अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पु क्षेत्रमा पहिरो तथा शिवरात्रिखोलामा आएको बाढीका कारण गत असारदेखि सिमेन्ट, रडलगायत निर्माण सामग्री र उपकरण बोकेका सवारीसाधन आयोजना स्थलसम्म पुग्न सकेका छैनन्।

“मौजुदा उपकरण र निर्माण सामग्री परिचालन गरेर कामलाई निरन्तरता दिएका छौँ,” केसीले भन्नुभयो, “तर बाढीपहिरोका कारण सामग्री ढुवानी प्रभावित हुँदा अपेक्षित गतिमा निर्माण अघि बढाउन सकेका छैनौँ।”

शिवरात्रिखोलामा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको मोटरेबल पुलको काममा ढिलाइ हुँदा वर्षायाममा सवारीसाधन आवतजावतमा समस्या भएको म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताउनुभयो।

उहाँका अनुसार खोलामा बाढीको सतह बढ्नुका साथै पहुँचमार्गमा पहिरो खस्ने क्रम नरोकिँदा निर्माण कार्य प्रभावित भएको छ। “वैकल्पिक उपाय अपनाउँदै मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ,” उहाँले भन्नुभयो, “डोजरको सहायताले सामान बोकेका गाडी तार्ने र पहिरो पन्छाएर सवारीसाधन वारपार गराउने अवस्था छ।”

अन्य आयोजनामा पनि असर

करिब ६० प्रतिशत भौतिक प्रगति हासिल गरेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले पनि बाढीपहिरोका कारण निर्माण कार्य प्रभावित भएको जनाएको छ। ३७ मेगावाट क्षमतामा निर्माण भइरहेको उक्त आयोजनाको क्षमता बढाएर ४६.२५ मेगावाट पुर्‍याउने प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, बेनी–दरबाङ तथा दरबाङ–धारापानी–ताकम–मुना सडकखण्डअन्तर्गत थापाचौर, गौथली र दाचौर भिरमा गएको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न समस्या भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताउनुभयो।

सडकमार्गमा देखिएको अवरोधका कारण जलविद्युत् आयोजनाका निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित हुँदा बर्खायाममा आयोजनाको निर्माण कार्यमा थप चुनौती देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री र गण्डकी मुख्यमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालीमाटीमा प्याजको भाउ किलोको ७० रुपैयाँ पुग्यो

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

प्रधानमन्त्री र गण्डकी मुख्यमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

गुल्मीको तम्घास बजार दृश्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu