काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपाल नजिक रहेको छ।
मनसुनी प्रणालीको प्रभावका कारण पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
राति पनि वर्षा र हिमपातको सम्भावना
मंगलबार राति हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मनसुन सक्रिय रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी भारी वर्षाको सम्भावना रहेका प्रदेशमा नदी तथा खोलानाला बढ्न सक्ने, डुबान र भूस्खलनको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्