ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : १५   बजे

काठमाडौं । एनसेलले नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ। साझेदारीअन्तर्गत नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ।

यससँगै बीवाईडीका ग्राहकले मोबाइल फोन वा छुट्टै वाइ–फाइ हटस्पटमा निर्भर नभई सवारीसाधनमै उपलब्ध कनेक्टिभिटी प्रणालीमार्फत विभिन्न डिजिटल सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार यसले नेपालमा स्मार्ट तथा कनेक्टेड ड्राइभिङ अनुभवलाई थप सहज बनाउनेछ।

आईओटी सिम जडान भएपछि बीवाईडीका कनेक्टेड सवारीसाधनमा इन–भेइकल इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ। यसले बीवाईडीको एप इकोसिस्टम, कनेक्टेड इन्फोटेनमेन्ट तथा अन्य स्मार्ट फिचर सञ्चालनमा सहयोग गर्नेछ।

सवारीसाधनको मोडेल, सफ्टवेयर र नेपालमा उपलब्ध सेवाअनुसार ग्राहकले युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन मनोरञ्जन तथा डिजिटल सेवाहरू प्रयोग गर्न सक्नेछन्। यी सेवाका लागि प्रत्येकपटक फोनलाई गाडीसँग जोडिरहनुपर्ने वा मोबाइल हटस्पट प्रयोग गर्नुपर्ने आवश्यकता कम हुने कम्पनीको भनाइ छ।

एनसेलले आफ्नो देशव्यापी मोबाइल नेटवर्कमार्फत सवारीसाधनलाई कनेक्टिभिटी उपलब्ध गराउने जनाएको छ। यद्यपि वास्तविक कभरेज भने ग्राहकको स्थान, नेटवर्क उपलब्धता तथा सवारीसाधनको कन्फिगरेसनअनुसार फरक हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा तथा इन्टेलिजेन्ट मोबिलिटीका सुविधा थप प्रभावकारी बनाउने बताए।

उनका अनुसार सवारीसाधनमै प्रत्यक्ष कनेक्टिभिटी उपलब्ध हुँदा प्रयोगकर्ताले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई डिजिटल सेवासँग जोडिन सक्नेछन्। स्थानीय मोबाइल नेटवर्कमा जोडिएपछि नेभिगेसनलगायतका कनेक्टेड सुविधाको प्रयोग पनि थप भरपर्दो हुने उनको भनाइ छ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी प्राविधिक नवप्रवर्तनमा केन्द्रित ब्रान्ड भएकाले एनसेलसँगको सहकार्य ग्राहक अनुभव सुधार गर्ने महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार भरपर्दो इन–भेइकल कनेक्टिभिटीले बीवाईडीका स्मार्ट तथा इन्टेलिजेन्ट फिचरलाई ग्राहकले अझ पूर्ण रूपमा प्रयोग गर्न सक्नेछन्।

पुराना बीवाईडी गाडीले पनि सुविधा पाउने

यो सुविधा नयाँ बीवाईडी खरिद गर्ने ग्राहकमा मात्र सीमित नरहने भएको छ। नेपालमा यसअघि नै बिक्री भएका बीवाईडी सवारीसाधनका ग्राहकले पनि उपलब्ध मोडल र प्रणालीअनुसार सेवा लिन सक्नेछन्।

त्यसका लागि ग्राहकले नेपालभर रहेका १३ वटा बीवाईडी आधिकारिक सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई आफ्नो सवारीसाधनमा एनसेल आईओटी सिम जडान गराउन सक्नेछन्।

कनेक्टिभिटी प्लान, सेवा अवधि र शुल्क भने सवारीसाधन तथा छनोट गरिएको सेवा प्याकेजअनुसार फरक हुने बताइएको छ।

यो साझेदारीले नेपालमा विद्युतीय सवारीसाधनसँग टेलिकम तथा आईओटी प्रविधिको एकीकरणलाई थप अघि बढाउने अपेक्षा गरिएको छ। सवारीसाधन केवल यातायातको साधन नभई कनेक्टेड डिजिटल प्लेटफर्मका रूपमा विकास हुँदै गएको अवस्थामा एनसेल र बीवाईडीको सहकार्यले नेपाली अटोमोबाइल बजारमा स्मार्ट मोबिलिटीको प्रयोग विस्तार गर्न सक्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशस्थित नेपाली नियोगको घरभाडामै वार्षिक १ अर्ब ३९ करोड खर्च

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

सम्बन्धित

प्रधानमन्त्रीलाई संसद्मा प्रश्नको जवाफ दिन सभामुखको रूलिङ

पक्राउ रोक्न माग गर्दै पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच सिंहदरबारमा भेटवार्ता

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

आइएमई लाइफको नवौं वार्षिकोत्सव : रक्तदानदेखि नवजात शिशुको स्वास्थ्यसम्म सामाजिक उत्तरदायित्व विस्तार

हुवावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा फ्रीबड्स एस २ निःशुल्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu