ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच सिंहदरबारमा भेटवार्ता


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ३ : ४५   बजे

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा सोमबार नै उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

भारतीय स्थल सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सैन्य सम्बन्ध सुदृढ गर्ने उद्देश्य

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण दुई देशबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यमा केन्द्रित रहेको बताइएको छ।

प्रधानमन्त्री बालेनसँगको भेटवार्तामा दुई देशबीचको सुरक्षा तथा सैन्य सहकार्यलगायतका विषयमा छलफल भएको हुन सक्ने भए पनि प्रधानमन्त्रीको सचिवालयले भेटमा भएका छलफलका विषयवस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको धार्मिक गतिविधिले राजनीतिक बहस तातेको दाबी

रास्वपा सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

सम्बन्धित

क्यानबेरा, रियाद र बैंककमा नेपाली दूतावास भवन निर्माण सुरु गरिँदै

सभामुखले रास्वपा सांसद आशिका तामाङलाई संसद्को मर्यादा कायम राख्न निर्देशन

संघीय कर्मचारीले अब महिनामा दुई पटक तलब पाउने सम्भावना, महालेखाको परिपत्र

सहकारी तथा लघुवित्तपीडित पाँच दिनदेखि मानव अधिकार आयोगमा धर्नामा

प्रथम सहिद लखन थापा मगर मेमोरियल गल्फको उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीलाई

नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब ७ करोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu