ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिने समारोहमा प्रधानमन्त्री शाह अनुपस्थित


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : ३५   बजे

 

 

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएनन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ सैन्य दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चलिआएको छ। नेपालले भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’ र भारतले नेपाली सेनापतिलाई ‘मानार्थ जनरल’ को दर्जा दिने गरेको छ। यो सैन्य कमाण्ड वा अधिकारसँग सम्बन्धित नभई आपसी सम्मान र शिष्टाचारको प्रतीकका रूपमा रहेको छ।

यसअघि नेपालमा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा प्रधानमन्त्रीसमेत सहभागी हुने अभ्यास रहँदै आएको थियो। तर यसपटक प्रधानमन्त्री शाह समारोहमा सहभागी भएनन्।

नेपालमा अहिले रक्षामन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्री शाहले नै सम्हालिरहेका छन्। उनको अनुपस्थितिमा समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका थिए।

यस विषयमा राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य नरहेको बताएका छन्। उनका अनुसार यस्तो कार्यक्रम औपचारिकभन्दा पनि मानार्थ समारोह भएकाले प्रधानमन्त्री उपस्थित हुनैपर्ने व्यवस्था छैन।

‘हाम्रो तर्फबाट निमन्त्रणा त गरिएको हुन्छ। तर यो औपचारिक कार्यक्रम नभएर एउटा मानार्थ समारोह मात्रै हो,’ शाक्यले भने।

उनले भारतमा पनि नेपाली सेनाप्रमुखलाई मानार्थ जनरलको दर्जा प्रदान गर्दा भारतीय प्रधानमन्त्री सहभागी भएको नदेखिने भएकाले नेपालको कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित हुनुलाई अन्यथा लिन नहुने बताए।

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० मा तत्कालीन भारतीय सेनाप्रमुख जनरल के.एम. करियप्पालाई नेपाली सेनाको मानार्थ दर्जा प्रदान गरेदेखि सुरु भएको हो।

यसैगरी, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतले गत डिसेम्बर १२ मा भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो।

प्रधानमन्त्री शाह समारोहमा अनुपस्थित भए पनि भारतीय सेनाध्यक्ष धीरज सेठसँग मंगलबार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार सेठसँग प्रधानमन्त्रीको भेटवार्ता दिउँसो सिंहदरबारमा हुनेछ।

यस भेटमा दुई देशबीचको सुरक्षा तथा सैन्य सहकार्यलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

विदेशस्थित नेपाली नियोगको घरभाडामै वार्षिक १ अर्ब ३९ करोड खर्च

सम्बन्धित

मोदीको ‘दिमागी नक्सल’ टिप्पणीले भारतमा राजनीतिक बहस चर्कियो

मस्कोमा युक्रेनको ठूलो ड्रोन आक्रमण, ६२० भन्दा बढी ड्रोन प्रहार भएको रुसी दाबी

ट्रम्पको लोकप्रियता ओरालोमा, अनुमोदन दर ३३ प्रतिशतमा झर्‍यो

किम जोङ–उनसँग पुनः सम्पर्क भएको ट्रम्पको संकेत

पुटिनको कुरिल भ्रमणपछि रुस–जापान कूटनीतिक तनाव चर्कियो

युरोपमा चर्को गर्मी र डढेलोबीच जर्मनीमा संविधानमै जलवायु सुरक्षा राख्ने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu