ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीहरूबीच एकताको दबाब दिन धनगढीमा वृहत् कार्यक्रम


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : ३५   बजे

कैलाली । सबै कम्युनिष्ट पार्टीबीच एकताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले पुष्पलाल मित्रता केन्द्रले बुधबार धनगढीमा वृहत् कार्यक्रम आयोजना गर्ने भएको छ।

पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार धनगढीस्थित उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो १२ बजे कार्यक्रम आयोजना हुनेछ। कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको उनले बताए।

खतिवडाले आगामी प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम हासिल गर्न र कम्युनिष्ट आन्दोलनलाई जोगाउन वामपन्थी दलहरूबीच एकता आवश्यक रहेको बताए।

‘वामपन्थी पार्टीहरूको एकता आजको आवश्यकता हो,’ उनले भने, ‘आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम हासिल गर्न र कम्युनिष्ट आन्दोलनलाई जोगाउन पनि यो आवश्यकताबारे बहस हुनेछ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपा, एमालेसहित विभिन्न वामपन्थी दलका नेताहरूले ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयमा विचार प्रस्तुत गर्नेछन्।

विभिन्न दलका नेताको सहभागिता

कार्यक्रममा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडा, नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, राष्ट्रिय जनमोर्चाका नन्दराज भट्ट तथा नेकपा संयुक्तका नेता उर्वादत्त पन्तलगायतले सम्बोधन गर्ने केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर शाहले जानकारी दिए।

पत्रकार अर्जुन शाहले पनि वामपन्थी दलहरूको भूमिका र एकताको आवश्यकताबारे टिप्पणी गर्नेछन्।

देशभर विचार गोष्ठी

पुष्पलाल मित्रता केन्द्रले साउन ८ गते काठमाडौंमा सुरु गरेको विचार गोष्ठी अभियानलाई देशका विभिन्न स्थानमा विस्तार गरिरहेको छ। काठमाडौंमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उपस्थितिमा कार्यक्रम भएको र त्यसपछि नेकपा तथा एमालेबीच सहकार्यको वातावरण बनेको नेताहरूको दाबी छ।

साउन ३० गते कर्णालीमा देव गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। धनगढीपछि १३ गते जनकपुरमा माधवकुमार नेपाल र १६ गते इटहरीमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जनाइएको छ। अभियानको अन्तिम कार्यक्रम २७ गते पोखरामा आयोजना गरिनेछ।

पार्टी एकताको लक्ष्य

मित्रता केन्द्रका अध्यक्ष खतिवडाले अभियानले वामपन्थी दलहरूबीच एकताको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।

‘हाम्रो अभियानले वामपन्थीहरूको एकताको माहोल बन्ने देखिन्छ। पहिले मिल्न सक्ने ठाउँमा मिल्नुपर्छ। अन्तिममा पार्टी एकता नै हुनुपर्छ,’ उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

विदेशस्थित नेपाली नियोगको घरभाडामै वार्षिक १ अर्ब ३९ करोड खर्च

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Drone Attack on Moscow Region Injures Civilians, Disrupts Services

Tornado Strikes Nizhny Novgorod, Causing Damage But No Injuries

Monkey Troops Cause Widespread Crop Damage in Bhojpur District

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

विद्युत निर्यातसँगै आन्तरिक आपूर्ति गुणस्तरीय बनाउने सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ

विदेशस्थित नेपाली नियोगमा ३११ स्थानीय कर्मचारी, तलबमा ९१ करोड खर्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu