ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : ४५   बजे

 

काठमाडौं । लामो समयदेखि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री तथा मोडल करुणा श्रेष्ठबीच प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेका बेला आकाशले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छन्।

आकाशले मंगलबार बिहान इन्स्टाग्राममा करुणासँगको रोमान्टिक तस्बिर पोस्ट गर्दै आफूहरूको प्रेम सम्बन्ध पाँच वर्ष पुगेको खुलासा गरेका हुन्।

तस्बिरसँगै उनले लेखेका छन्, ‘हाम्रो पाँच वर्ष। हामी पछाडिका असंख्य सुन्दर क्षणहरू। जीवनमा अझै गन्नै नसकिने सुन्दर क्षणहरूको प्रतिक्षामा र जिन्दगीभर।’

आकाश र करुणाले लामो समयदेखि प्रेम सम्बन्धको चर्चा भए पनि यसअघि सम्बन्धबारे औपचारिक रूपमा स्वीकार गरेका थिएनन्। उनीहरूले एकसाथ विभिन्न म्युजिक भिडियोमा समेत काम गरिसकेका छन्।

करुणाले डेब्यू गरेको फिल्म ‘सयकडा दश’ व्यावसायिक रूपमा सफल हुन नसकेपछि उनी म्युजिक भिडियोमा बढी सक्रिय हुँदै आएकी छन्।

यसअघि दुवैले सामाजिक सञ्जालमा रोमान्टिक तस्बिरहरू सार्वजनिक गर्दै आए पनि सम्बन्धबारे मौन रहँदै आएका थिए। तर यसपटक आकाशले नै सार्वजनिक रूपमा प्रेम सम्बन्ध स्वीकार गरेपछि उनीहरूको पाँच वर्ष लामो सम्बन्ध औपचारिक रूपमा सार्वजनिक भएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु : सभापति थापा

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

सम्बन्धित

‘आवारापन–२’ को आक्रामक कमाइ, चार दिनमै १३० करोड भारु

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu