ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’ भने ट्रम्प, इरानले गर्‍यो अस्वीकार


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’का रूपमा चित्रण गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा हर्मुज स्ट्रेटलाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको ग्राफिक पोस्ट गरेका हुन्।

ट्रम्पको उक्त दाबीप्रति इरानले तत्काल असहमति जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको भनाइलाई ‘भ्रमपूर्ण’ भन्दै त्यसलाई सच्याउनुपर्ने प्रतिक्रिया दिएका छन्।

घरिबाबादीले ट्रम्पले हर्मुज स्ट्रेटबारे चाँडै आफ्नो गलत धारणा सुधार गर्ने बताएका छन्। उनले ट्रम्पले यसअघि ‘फारसी खाडी’को नामसम्बन्धी धारणा सच्याएजस्तै हर्मुज स्ट्रेटबारेको भ्रम पनि हट्ने दाबी गरेका छन्।

उनले ट्रम्पले पोस्ट गरेको हर्मुज स्ट्रेटसम्बन्धी ग्राफिकसमेत आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्।

इरानको कडा प्रतिक्रिया

इरानको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै हर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्रका रूपमा प्रस्तुत गर्नु गलत भएको जनाएको छ।

उपविदेशमन्त्री घरिबाबादीले ट्रम्पको दाबीलाई ‘भ्रम’को संज्ञा दिँदै त्यसबारे आफ्नो धारणा सच्याउनुपर्ने बताएका छन्। घटनाबारे इरान सरकारले थप औपचारिक प्रतिक्रिया दिने सम्भावना रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

श्रीलंकामा पुरुषको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

होर्मुज स्ट्रेटमा जहाजमाथि प्रोजेक्टाइल प्रहार, एक चालक दलका सदस्यको मृत्यु

अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने इरानको संकेत

इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu