ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बायर्नसँग सम्झौता नवीकरणबारे छलफल गर्न तयार ह्यारी केन


ABC NEWS
३ भदौ २०८३, बुधबार   ८ : १५   बजे

म्युनिख । इङ्ल्यान्डका कप्तान ह्यारी केनले जर्मन क्लब बायर्न म्युनिखसँग आफ्नो सम्झौता नवीकरणका विषयमा छलफल सुरु गर्न तयार रहेको बताएका छन्।

सन् २०२३ को अगस्टमा टोटनह्याम हटस्परबाट ८ करोड ६४ लाख पाउन्डमा बायर्न पुगेका केनको चार वर्षे सम्झौताको अब अन्तिम १२ महिना बाँकी छ।

गत सिजन भिन्सेन्ट कोम्पनीको टोलीले बुन्डेसलिगा र कपको उपाधि जित्दा केनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरेका थिए। उनले सम्झौता नवीकरणबारे यसै साता वा अर्को साताबाट क्लब व्यवस्थापनसँग छलफल सुरु हुने बताएका छन्।

केनले दुवै पक्ष सम्झौता नवीकरणका विषयमा सकारात्मक र सहज अवस्थामा रहेको बताएका छन्। उनले सम्झौता सकिन एक वर्ष मात्र बाँकी रहेकाले अब छलफल सुरु गर्ने उपयुक्त समय भएको उल्लेख गरे।

बायर्नका लागि केनको प्रदर्शन प्रभावशाली रहँदै आएको छ। उनले बुन्डेसलिगाका तीन सिजनमा ९४ खेल खेल्दै ९८ गोल गरेका छन्। यस क्रममा उनले लगातार तीनपटक बुन्डेसलिगा गोल्डेन बुटसमेत जितेका छन्।

सन् २०२६ को विश्वकपमा पनि केनले इङ्ल्यान्डका लागि ६ गोल गरेको जनाइएको छ। यससँगै विश्वकपमा उनले १८ खेलबाट १४ गोल गर्दै इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

३३ वर्षीय केन पछिल्लो समय उत्कृष्ट लयमा देखिएका छन्। बुन्डेसलिगामा लगातार तीन सिजन गोल्डेन बुट जित्नुले पनि उनको गोल गर्ने क्षमता र बायर्नमा उनको प्रभावलाई स्पष्ट पार्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

उद्योगमन्त्रीले सांसदलाई ग्यास उपलब्ध गराइरहेको रास्वपा सांसद बानुको दाबी

सम्बन्धित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

रोड्री बार्सिलोनामा आबद्ध, नयाँ चुनौती र उत्साहका लागि तयार

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu