ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगमन्त्रीले सांसदलाई ग्यास उपलब्ध गराइरहेको रास्वपा सांसद बानुको दाबी


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्सना बानुले उद्योगमन्त्री गौरी यादवले सांसदहरूलाई ग्यास उपलब्ध गराइरहेको दाबी गरेकी छन् ।

बानुका अनुसार उद्योगमन्त्री यादवले आफैँ फोन गरेर ग्यास आवश्यक भए जानकारी गराउन सांसदहरूलाई आग्रह गरिरहेका छन् । आफूलाई पनि मन्त्रीले फोन गरेर ग्यास आवश्यक भए उपलब्ध गराउने बताएको उनले जानकारी दिइन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बानुले आफूले भने मन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताइन् । घरमा ग्यास भएकाले अभावका बेला सर्वसाधारण घण्टौँसम्म लाइनमा बसिरहेका अवस्थामा आफूले थप ग्यास नलिएको उनको भनाइ छ ।

‘उद्योगमन्त्री स्वयं पनि सबैलाई कल गरिरहनुभएको छ । मलाई पनि फोन आएको थियो, “हजुरलाई पनि ग्यास चाहिन्छ भने भन्नुहोला, हामी सबै सांसदज्यूहरूलाई उपलब्ध गराइराछौँ” भन्ने खालको कुरा आएको थियो,’ उनले भनिन् ।

ग्यासको कालोबजारीबारे भने बानुले यसलाई सामान्य रूपमा लिनुपर्ने तर्क गरिन् । ‘कालोबजारी त अफकोर्स हुन्छ, हरेक ठाउँमा हुन्छ । हरेक कन्ट्रीमा हुन्छ, नेपाल मात्र होइन,’ उनले भनिन् ।

उनले सरकारले ग्यासको अभाव र कालोबजारीलाई गम्भीरतापूर्वक हेरिरहेको दाबी गर्दै केही दिनमै आपूर्ति सहज हुने बताइन् ।

‘यसलाई सरकारले एकदम गम्भीरतापूर्वक हेरिराख्नु भएको छ,’ उनले भनिन्, ‘अब केही दिनमै कालोबजारी कम हुन्छ र ग्यासको आपूर्ति पनि सहज हुन्छ ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

कालीमाटीमा गोलभेँडा र च्याउ महँगियो, भन्टा सस्तियो

जापानिज इन्सेफलाइटिस संक्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu