ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीमाटीमा गोलभेँडा र च्याउ महँगियो, भन्टा सस्तियो


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : ४५   बजे

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। आज कालीमाटी बजारमा गोलभेँडा, बोडी, फर्सी, रायोको साग र डल्ले च्याउलगायत केही तरकारीको मूल्य बढेको छ भने भन्टा र कन्य च्याउको मूल्य घटेको छ। अधिकांश तरकारीको मूल्य भने अघिल्लो दिनकै हाराहारीमा रहेको छ।

आज ठूलो नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ। मंगलबार यसको मूल्य ६५ रुपैयाँ थियो। त्यस्तै भारतीय ठूलो गोलभेँडा ९५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ७५ रुपैयाँ थियो। भारतीय सुकेको प्याज ७४ रुपैयाँ, लोकल बन्दा ४६ रुपैयाँ ६७ पैसा, हाइब्रिड मुला २९ रुपैयाँ र लाम्चो भन्टा २४ रुपैयाँ २९ पैसा प्रतिकिलो कायम भएको छ।

डल्ले भन्टाको औसत मूल्य ३३ रुपैयाँ ३३ पैसा छ। मंगलबार यसको मूल्य ४२ रुपैयाँ थियो। तनेबोडी ८५ रुपैयाँ ७१ पैसा, मकै बोडी ११० रुपैयाँ र लोकल परवल ६५ रुपैयाँ प्रतिकिलो पुगेका छन्।

त्यस्तै हरियो डल्ले फर्सीको औसत मूल्य ६३ रुपैयाँ ३३ पैसा पुगेको छ। रायोको साग ११५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने कन्य च्याउको मूल्य घटेर २६० रुपैयाँ कायम भएको छ। डल्ले च्याउ भने बढेर ५२५ रुपैयाँ प्रतिकिलो पुगेको छ। पालुंगोको साग २२५ र कुरिलो ४५० रुपैयाँ प्रतिकिलोमै स्थिर छन्।

आज कालीमाटीमा गोलभेँडा सानो लोकल ३५, रातो आलु लाम्चो ४९ रुपैयाँ ५० पैसा, लोकल गाँजर ११०, स्थानीय काउली ९५, करेला ४५, लौका ५५, घिरौँला २५, पाकेको फर्सी ५५ र स्कुस ५५ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा बिक्री भइरहेको समितिले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

कर्णालीमा कृषि र पशुपन्छी कार्यक्रमबाट किसान लाभान्वित

हेटौँडा कपडा उद्योग ब्यूँताउने निर्णय : उत्पादनभन्दा कच्चा पदार्थको चुनौती

बिहादीमा हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान, स्थानीय गाईलाई सुत्केरी भत्ता

अब जथाभावी पशु वध गर्न नपाइने, देशभर चरणबद्ध रूपमा मासु जाँच ऐन लागू हुँदै

काभ्रेमा बर्डफ्लु संक्रमणपछि ९० हजारभन्दा बढी पन्छी नष्ट

नापजाँच भएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu