ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा बर्डफ्लु संक्रमणपछि ९० हजारभन्दा बढी पन्छी नष्ट


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काभ्रे । काभ्रेपलाञ्चोकमा बर्डफ्लु संक्रमण फैलिएपछि ३० कृषकका ९० हजारभन्दा बढी पन्छी नष्ट गरिएको छ। जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका अनुसार संक्रमण नियन्त्रणका लागि विभिन्न फर्ममा रहेका पन्छी नष्ट गरिएको हो।

कार्यालयका अनुसार बर्डफ्लुबाट प्रभावित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको छ। हालसम्म २० जना कृषकले क्षतिको मूल्यांकनका आधारमा क्षतिपूर्ति प्राप्त गरिसकेका छन्। बाँकी १० कृषकलाई चालु आर्थिक वर्षमा क्षतिपूर्ति उपलब्ध गराइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले जानकारी दिए।

९० हजारभन्दा बढी पन्छी नष्ट

कार्यालयका अनुसार जिल्लामा बर्डफ्लु संक्रमणका कारण ९० हजार २७५ पन्छी नष्ट गरिएको छ। नष्ट गरिएका पन्छीमा गिरिराज, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा तथा पेकिङ हाँसलगायत छन्।

संक्रमण नियन्त्रणका क्रममा पन्छीबाहेक ३८ हजार १८३ वटा अण्डा, १० हजार २१० किलो दाना र ५ हजार २७५ क्रेट समेत नष्ट गरिएको कार्यालयले जनाएको छ।

बनेपा, पनौती र पाँचखालका फर्म प्रभावित

काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रहेका व्यावसायिक तथा स्थानीय कुखुरा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। विशेषगरी बनेपा, पनौती र पाँचखाल क्षेत्रका विभिन्न फर्ममा संक्रमण देखिएपछि सम्बन्धित क्षेत्रका पन्छी तथा अन्य जोखिमयुक्त सामग्री नष्ट गरिएको हो।

संक्रमणबाट कृषकले ठूलो आर्थिक क्षति व्यहोरेपछि सरकारले क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ।

नाका तथा चेकपोस्टमा निगरानी कडा

बर्डफ्लु संक्रमण थप फैलिन नदिन जिल्लाका विभिन्न नाकामा पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा निगरानी बढाइएको छ।

कार्यालयका अनुसार नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा कुखुरा ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न निगरानी कडाइ गरिएको छ।

पन्छी तथा पन्छीजन्य उत्पादनको अनधिकृत ओसारपसारबाट संक्रमण अन्य क्षेत्रमा फैलिन सक्ने जोखिम रहेकाले चेकपोस्टमा परीक्षण र आवश्यक कागजातको जाँचलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने

सम्बन्धित

बिहादीमा हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान, स्थानीय गाईलाई सुत्केरी भत्ता

अब जथाभावी पशु वध गर्न नपाइने, देशभर चरणबद्ध रूपमा मासु जाँच ऐन लागू हुँदै

नापजाँच भएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

राजेन्द्र राईको माग : ‘गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिऔँ’

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

मल संकटको दीर्घकालीन समाधान खोज्न सरकारले बनायो १२ सदस्यीय कार्यदल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu