ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतको भेरी नदीमा पुरुषको शव फेला


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ५५   बजे

सुर्खेत । बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । स्थानीयवासीले बुधबार साँझ नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमान्डमा तीनजनाको टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमान्डमा सातजनाको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थल अस्थायी प्रहरी पोस्ट तरंगाबाट करिब तीन किलोमिटर पश्चिम तथा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ४५ किलोमिटर पूर्व–दक्षिणमा पर्छ ।

हालसम्म शवको पहिचान हुन सकेको छैन । प्रहरीले घटनास्थलको निरीक्षणसहित मृतकको पहिचानका लागि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

शव परीक्षणका लागि बुधबार राति नै प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा आफ्नै मन्त्री र सांसदको शैली सुधार्न रास्वपाको आन्तरिक छलफल

भारतीय स्थल सेना प्रमुख सेठले पोखरामा भूपू गोर्खा सैनिकसँग गरे भेटघाट

सम्बन्धित

विमानस्थलबाट करोडौँ मूल्यको थाई गाँजा बरामद, ८ जना पक्राउ

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप तान्दै

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu