ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानिज इन्सेफलाइटिस संक्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको आग्रह


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : ४५   बजे

जापानिज इन्सेफलाइटिसबाट ५८ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा मानिसको ज्यान जोखिममा पार्न सक्ने जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण बढ्दै गएको छ। पुषयतासम्म ५८ जनामा जेई संक्रमण पुष्टि भएकोमा १६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये करिब २७ प्रतिशतको मृत्यु भएको हो।

जेई विशेषगरी तराईका जिल्लामा बढी देखिने गर्छ। संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले मस्तिष्कमा गम्भीर असर पार्न सक्छ। समयमै उपचार नपाए बिरामीको ज्यानसमेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका डा. अभियान गौतमका अनुसार कुखुरा, हाँस तथा सुँगुर पाल्ने र धान खेती हुने क्षेत्रमा जेईको जोखिम बढी हुन्छ। संक्रमण पुष्टि भएका केही बिरामीले जेईविरुद्धको खोप नलगाएको पाइएको उनले बताए।

जेईबाट बच्ने प्रभावकारी उपाय खोप भएकाले सरकारले नियमित खोप तालिकाअनुसार बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ। १२ महिनाको उमेरमा जेई खोप लगाउनुपर्ने र छुटेको अवस्थामा पाँच वर्षको उमेरसम्म लगाउन सकिने डा. गौतमले बताए। सरकारले यो खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।

क्युलेक्स प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट जेई भाइरस मानिसमा सर्छ। धान खेत, पानी जम्ने स्थान तथा पशुपक्षी पालिने क्षेत्र लामखुट्टेका लागि अनुकूल हुने भएकाले यस्ता स्थानमा जोखिम बढी हुन्छ।

जेई संक्रमणको सुरुआती अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमणले मस्तिष्कमा असर गरेमा उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, बेहोस हुने, मुर्छा पर्ने, झट्का आउने तथा चेतनामा परिवर्तन हुनेजस्ता गम्भीर लक्षण देखिन सक्छन्।

कम्युनिटी फिजिसियन डा. खिमा खत्रीले यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन आग्रह गरेकी छन्। उच्च ज्वरोसँगै बेहोस हुने वा मुर्छा पर्ने अवस्था आए घरमै वा परम्परागत उपचारमा समय बिताउनु जोखिमपूर्ण हुने उनको भनाइ छ।

जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट जोगिन पनि आवश्यक छ। स्वास्थ्यकर्मीहरूले झुल प्रयोग गर्ने, शरीर ढाकिने कपडा लगाउने, झ्याल–ढोकामा जाली राख्ने तथा घरवरपर पानी जम्न नदिने सुझाव दिएका छन्। विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारले बालबालिकालाई सुताउँदा झुलको प्रयोग गर्न र नियमित खोप छुट्न नदिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न माग, अग्निपथमा नेपालका चासो सम्बोधन गर्नुपर्ने

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक भदौ ५ मा

सम्बन्धित

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप तान्दै

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै

डेभिड वार्नरलाई मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा १,५०० डलर जरिबाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu