ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ४५   बजे

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाँच जनालाई पक्राउ गरेको छ।

भक्तपुरमा रेडक्रसको गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा बोलपत्रको सर्तविपरीत बिचौलिया प्रयोग गरेको तथा कागजातमा उल्लेख भएकोभन्दा कम क्षेत्रफलको जग्गा खरिद गरिएको अनुसन्धानबाट खुलेपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार २०७३ सालमा भक्तपुर नगरपालिका–४ (क) मा ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्ने सम्झौता भएको थियो। उक्त जग्गाका लागि ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको थियो। तर, बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरिएको र १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट खुलेको छ।

नापी कार्यालय भक्तपुरबाट जग्गा नापजाँच गराउँदा कागजातमा उल्लेख भएभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै क्षेत्रफल रहेको पाइएको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा रेडक्रसका पदाधिकारी तथा कर्मचारीले पदको दुरुपयोग गरी संस्थालाई आर्थिक क्षति पुर्‍याएको देखिएको सीआईबीको दाबी छ।

पक्राउ पर्नेमा रेडक्रसका पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेशप्रसाद ढकाल, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी रहेका छन्। भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

विमानस्थलबाट करोडौँ मूल्यको थाई गाँजा बरामद, ८ जना पक्राउ

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप तान्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu