काठमाडौं । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा “अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने” भनिएको छ ।
यस निर्णयले आगामी असोज महिनामा न्युयोर्कमा हुने राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह नजाने कुरा निश्चित भएको छ ।
प्रतिनिधिमण्डलको स्वीकृति
सरकारले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति दिएको हो । यस निर्णयले नेपालको तर्फबाट राष्ट्रसंघको महासभामा सहभागिता जनाउने टोलीको नेतृत्व कस्ले गर्ने भन्ने विषय टुंगिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्