काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्नेछ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
वर्षा जारी रहेकाले केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। नदी तथा खोला आसपासका बस्ती र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा जोखिमपूर्ण स्थानमा नजान महाशाखाले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्