ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनी सेक्युरिटिज निलम्बनप्रति लगानीकर्ता संघको आपत्ति, कारोबार तत्काल खुलाउन माग


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : १५   बजे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३)लाई कारोबारमा प्रतिबन्ध लगाएपछि सेयर बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ।

तोकिएको समयभित्र राफसाफ तथा फर्छ्योट नगरेको भन्दै ब्रोकरलाई निलम्बन गरिएपछि हजारौँ लगानीकर्ताको सेयर कारोबार प्रभावित भएको भन्दै संघले निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो।

नेप्सेले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा भदौ ३ गते बेनी सेक्युरिटिजलाई तीन कार्यदिनका लागि निलम्बन गरेको थियो। तर, सिफारिस र निर्णय एउटै दिन भएको भन्दै संघले नियामकीय प्रक्रियामाथि प्रश्न उठाएको छ।

संघका महासचिव रवीन कँडेलले हतारमा गरिएको निर्णयले हजारौँ ग्राहकको हित र उनीहरूको सम्पत्तिको सुरक्षालाई बेवास्ता गरेको बताएका छन्। निलम्बन पत्रमा ग्राहकको मौज्दात रकम, सेयरको सुरक्षा तथा चालु कारोबारको फर्छ्योट कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नरहेको उनको भनाइ छ।

ब्रोकर वा उसका पदाधिकारीको गल्तीको असर निर्दोष लगानीकर्तामाथि पार्नु सामूहिक दण्डजस्तै भएको संघले जनाएको छ। बजार घटिरहेका बेला सेयर बिक्री गर्न वा उपयुक्त समयमा खरिद गर्न नपाउँदा लगानीकर्ताले प्रत्यक्ष आर्थिक क्षति व्यहोर्नुपर्ने संघको दाबी छ।

संघले यस्तो निर्णय संविधानले प्रत्याभूत गरेको न्याय तथा सम्पत्तिको हकको मर्मविपरीत हुनुका साथै धितोपत्रसम्बन्धी ऐन, २०६३ को भावनासमेत प्रतिकूल रहेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डले समस्या समाधान गर्न प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संघले आलोचना गरेको छ। बजारलाई सुरक्षित रूपमा सञ्चालन गराउनु नियामकको मुख्य दायित्व भएको भन्दै कारोबार नै रोक्दा लगानीकर्ताको विश्वासमा असर पर्ने संघको भनाइ छ।

संघले बेनी सेक्युरिटिजका ग्राहकको कारोबार तत्काल सुचारु गर्न वा वैकल्पिक कारोबारको व्यवस्था मिलाउन माग गरेको छ। साथै, गल्ती गर्ने ब्रोकर तथा पदाधिकारीमाथि मात्र स्वतन्त्र अनुसन्धान गरी कडा कारबाही गर्न आग्रह गरेको छ।

निलम्बन अवधिमा ग्राहकको रकम र सेयरको सुरक्षाबारे नेप्से तथा सीडीएससीले तत्काल आधिकारिक जानकारी सार्वजनिक गर्नुपर्ने संघको माग छ। भविष्यमा यस्ता समस्या दोहोरिन नदिन ग्राहक खाता छुट्टै राख्ने व्यवस्था, तत्काल ब्रोकर स्थानान्तरण संयन्त्र र क्षतिपूर्ति कोषको प्रभावकारी परिचालन गर्नसमेत संघले माग गरेको छ।

कारोबार रोकेर लगानीकर्ता र बजारको विश्वासमा असर पार्ने कार्यले समग्र पुँजी बजारप्रतिको भरोसा नै संकटमा पर्न सक्ने चेतावनी संघले दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

सुनको भाउमा आज भारी वृद्धि, तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो

खदिक्तेलको दुई सय वर्ष पुरानो चौतारो गायब, सार्वजनिक जग्गा अतिक्रमणको आरोप

भरतपुरको केन्द्रीय बस टर्मिनलमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu