ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोविन्दा–सुनिता सम्बन्धविच्छेद मुद्दाबाट पछि हटिन्, म्यानेजर भन्छन्– ‘अहिले सबै ठीक छ’


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको सम्बन्धविच्छेद विवादले नयाँ मोड लिएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन् ।

गोविन्दाका म्यानेजर शशी सिन्हाले सुनिताले मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन् । बुधबार, १९ अगस्ट २०२६ मा सुनिता छोरा यशवद्र्धन आहुजासहित मुम्बईको बान्द्रा परिवार अदालत पुगेकी थिइन् । अदालत पुग्नुको कारणबारे पपाराजीले सोध्दा उनले ठट्टा गर्दै आफू ‘जन्मदिन मनाउन’ आएको बताएकी थिइन् ।

यसपछि शशी सिन्हाले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै सुनिताले मुद्दा फिर्ता लिइसकेको र अहिले दम्पतीबीचको अवस्था सामान्य रहेको बताएका छन् ।

“सुनिताजीले आफ्नो मुद्दा फिर्ता लिइसक्नुभएको छ । यो खुसीको कुरा हो । उनी धेरै रिसाएको देखिएकाले सबैलाई समस्या भएको जस्तो लागेको हुन सक्छ, तर अहिले दुवैबीच सबै ठीक छ,” उनले भनेका छन् ।

२०२४ मा दायर भएको थियो मुद्दा

रिपोर्टअनुसार सुनिताले ५ डिसेम्बर २०२४ मा बान्द्रा परिवार अदालतमा हिन्दू म्यारिज एक्ट, १९५५ अन्तर्गत सम्बन्धविच्छेदको याचिका दायर गरेकी थिइन् । उनले गोविन्दामाथि व्यभिचार, क्रुरता र परित्यागको आरोप लगाएको बताइएको छ ।

गोविन्दा र सुनिताको विवाह सन् १९८७ मा भएको हो । उनीहरूका दुई सन्तान छन्—छोरी टीना आहुजा र छोरा यशवद्र्धन आहुजा ।

पछिल्लो समय दम्पतीबीचको मनमुटाव सार्वजनिक रूपमा समेत देखिन थालेको थियो । सुनिताले केही दिनअघि गोविन्दालाई ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन् ।

अभिनेत्रीसम्बन्धी चर्चाले विवाद बढाएको थियो

गोविन्दा आफ्नी आगामी फिल्मकी सहकलाकार कोमल रानी स्वर्णकरसँग सम्बन्धमा रहेको चर्चा चलेपछि पनि सुनिताले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

गोविन्दा र कोमललाई एकसाथ विमानस्थलमा देखिएपछि सुनिताले पपाराजीसँग कुराकानी गर्दै गोविन्दामाथि टिप्पणी गरेकी थिइन् । त्यसपछि गोविन्दाले पनि सुनितालाई सार्वजनिक रूपमा मनपरी नबोल्न चेतावनी दिएको बताइएको छ ।

यस घटनापछि उनीहरूबीचको विवाद थप चर्किएको थियो । तर, सुनिताले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएपछि अहिले वैवाहिक सम्बन्ध सुधारतर्फ गएको दाबी गोविन्दाका म्यानेजरले गरेका छन् ।

म्यानेजर सिन्हाले पारिवारिक विषयलाई परिवारभित्रै राख्नुपर्ने भन्दै विवाद सार्वजनिक भएकोमा दुःखसमेत व्यक्त गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

सम्बन्धित

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुतिसहित टप दरबारमा तीनदिने ‘लोकदोहोरी मेला’

वर्षा राउतको पहिरन चर्चामा, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा

अमरेन्द्र यादवलाई धम्की आएको दाबीपछि सूर्य थापाको प्रतिक्रिया : ‘आश्चर्य लाग्यो’

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu