ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालश्रम रोक्न नयाँ विधेयक अघि बढ्यो, २७ वर्ष पुरानो कानुन संशोधन हुँदै


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : ४५   बजे

काठमाडौँ । प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री यादवले विधेयकमाथि सांसदहरूले दिएका सुझाव महत्वपूर्ण रहेको बताउँदै आवश्यक सुझाव समेटेर विधेयकलाई अघि बढाइने जानकारी दिए ।

उनका अनुसार बालश्रमसम्बन्धी २७ वर्ष पुरानो कानुनलाई समयसापेक्ष बनाउन नयाँ विधेयक ल्याउनुपरेको हो । बढ्दो जनचेतना, सूचना प्रविधिको विकास तथा स्थानीय तहको भूमिकामा आएको परिवर्तनका कारण पनि विद्यमान कानुन संशोधन आवश्यक भएको उनले बताए ।

विधेयकमा बालबालिकासम्बन्धी समस्या र अवस्था स्थानीय तहलाई नजिकबाट जानकारी हुने भएकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा जिम्मेवारी स्पष्ट गर्ने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए ।

हालसम्म १४ स्थानीय तह बालश्रममुक्त घोषणा भइसकेको उल्लेख गर्दै उनले बालश्रम न्यूनीकरणमा स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

विधेयकले बालबालिकालाई श्रममा लगाउने व्यक्तिमाथि प्रभावकारी कारबाही गर्ने व्यवस्था गर्ने मन्त्री यादवको भनाइ छ ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ८ गते दिउँसो १ बजे बस्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह

गोरखामा मरुवा रोगले चैते धान उत्पादन आधाले घट्यो

सरकारले व्यहोर्ने भयो सन्तोष राईको शव नेपाल ल्याउने खर्च, आशिकाले भनिन्– ‘अब सहयोग आवश्यक छैन’

नाडा अटो शो २०२६: गाडी प्रदर्शनसँगै एआई, रोबोटिक्स र ‘मेड इन नेपाल’मा जोड

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu