ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ०५   बजे

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीप्रतिको राज्यको परम्परागत बुझाइ र दृष्टिकोण बदल्नुपर्ने बताएका छन्। कर्णालीलाई सधैँ अभाव, पछौटेपन र समस्याको थलोका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गरी विकास र समृद्धिको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सोचमा परिवर्तन नआएसम्म कर्णालीको विकासको मानक माथि उठ्न नसक्ने बताए। पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको हेपाहा प्रवृत्तिका कारण कर्णाली पछाडि परेको उनको भनाइ थियो।

कर्णालीलाई समस्याको ‘खाल्डो’का रूपमा मात्र हेर्ने दृष्टिकोणले प्रदेशको वास्तविक सम्भावना ओझेलमा परेको भन्दै उनले ‘तेरो र मेरो’ भन्ने भावनाबाट माथि उठेर कर्णालीको समृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

प्राकृतिक स्रोतको उपयोगमा जोड

प्रदेश प्रमुख जोशीले कर्णालीको समृद्धिका लागि प्राकृतिक स्रोतको उपयोगलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए। विशेषगरी दैलेखमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना पुष्टि भइसकेकाले यसको उत्खननमा संघीय सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।

“कर्णालीमा ग्यास छ, पेट्रोल छ। दैलेखमा देशलाई समृद्धिको बाटोमा लैजाने ग्यास छ भन्ने पुष्टि भइसकेको छ,” उनले भने, “तर हामी त्यसको उत्खनन गर्नुको साटो ग्यासको लाइनमा बसेका छौँ। यसको उत्खननमा राज्य गम्भीर बन्नुपर्छ।”

पछिल्ला दुई वर्षदेखि थप उत्खननको काम रोकिएको भन्दै जोशीले त्यसलाई तत्काल अघि बढाउन संघीय सरकार जिम्मेवार बन्नुपर्ने बताए।

उत्खनन तत्काल अघि बढाउन आग्रह

मुलुकमा पछिल्लो समय देखिएको ग्यास अभावबाट समेत पाठ सिक्दै कर्णालीमा रहेका प्राकृतिक स्रोतको उपयोगमा राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

प्रदेश प्रमुख जोशीले दैलेखमा रहेको प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको उत्खनन कार्य तत्काल अघि बढाउन संघीय सरकारलाई आग्रह गरे। कर्णालीमा उपलब्ध प्राकृतिक स्रोतको उचित उपयोग गर्न सके देशलाई ऊर्जा तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह

सम्बन्धित

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

कर्णाली प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, बुधबार बस्ने

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu