ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ३५   बजे

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा विपद्प्रभावित नागरिकको उद्धार र राहतका विषयमा गृह मन्त्रालय संवेदनशील रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले जाजरकोट र रुकुम पश्चिमका विपद्प्रभावित नागरिकको उद्धार तथा राहतका सम्बन्धमा सांसद गोपाल शर्माले उठाएको प्रश्नको जवाफ दिएका हुन्।

उनले हालको कानुनी व्यवस्थाअनुसार विपद्को अवस्थामा सामान्यतया एक परिवारबाट एक जनाले मात्र राहत तथा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको बताए। एकै परिवारका एकभन्दा बढी सदस्यलाई छुट्टाछुट्टै लाभ उपलब्ध गराउन भने विपद् आउनुअघि नै कानुनी रूपमा अंशबण्डा भई अलग बसोबास गरेको हुनुपर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे।

गृहमन्त्री गुरुङले उक्त व्यवस्थामा देखिएका व्यावहारिक समस्या समाधान गर्न आवश्यक संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी काम भइरहेको उनले बताए।

स्थानीय तहलाई थप जिम्मेवार बनाउने तयारी

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका अझ प्रभावकारी बनाउन कानुनी तथा नीतिगत सुधारको तयारी भइरहेको गृहमन्त्री गुरुङको भनाइ छ।

उनले स्थानीय तहमा भवन निर्माण गर्दा अनिवार्य रूपमा भवन निर्माण संहिता पालना गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको बताए।

गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत र पुनःस्थापनाको जिम्मेवारी संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारको साझा दायित्व भएको स्पष्ट पारे।

उनले भने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागमती सरकारमा राप्रपाको भूमिकाबारे मकवानपुरका पदाधिकारीकै असन्तुष्टि

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

चितवनमा एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, विभिन्न रोगको संक्रमण पुष्टि

गोरखामा चट्याङ लागेर ३५ वर्षीय युवकको मृत्यु

सुरेश थापा ‘दर्शने’को निर्देशनमा ‘जुनी’ टेलिशृंखलाको टिजर सार्वजनिक

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu