ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, विभिन्न रोगको संक्रमण पुष्टि


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १ : १५   बजे

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनले पछिल्लो एक वर्षमा करिब ७ हजार कुखुराको पोस्टमार्टम गरेको छ। चितवनसहित देशका १६ जिल्लाबाट किसानले ल्याएका कुखुराको पोस्टमार्टम तथा विभिन्न प्रयोगशाला परीक्षणमार्फत रोग पहिचान गरिएको हो।

प्रयोगशाला प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामा इकोलाई, गम्बारो, सीआरडी, धुसीजन्य रोग, सिआरडी, साल्मोनेलोसिस, एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी र रानीखेत लगायतका रोग भेटिएका छन्।

एक हजार ५०० नमुना परीक्षण गर्दा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र ९ प्रतिशतमा सीआरडी संक्रमण देखिएको डा. श्रेष्ठले बताए। यस्तै, धुसीजन्य रोग ९ प्रतिशत, सिसिआरडी ४ प्रतिशत र साल्मोनेलोसिस ३ दशमलव ५ प्रतिशतमा देखिएको छ।

द्रुत परीक्षणका क्रममा २७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा पुष्टि भएको छ। त्यसैगरी, १७६ वटा गम्बारो परीक्षण गर्दा १०९ वटा, ९५ वटा रानीखेत परीक्षण गर्दा ७ वटा र ४६ वटा आईबी परीक्षण गर्दा २ वटा नमुनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।

पीएटी विधिबाट परीक्षण गरिएका ३६९ नमुनामध्ये १२ वटामा साल्मोनेला तथा ३६० नमुनामध्ये १६ वटामा माइकोप्लाज्मा संक्रमण भेटिएको छ। इलाइजा परीक्षणमा १८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा र सोही संख्याका नमुनामध्ये ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सीआईएभी) संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ९ सय कुखुराको नमुना कल्चर परीक्षण गर्दा ७८९ वटामा संक्रमण देखिएको डा. श्रेष्ठले जानकारी दिए।

प्रयोगशालाले संक्रमण पुष्टि भएका कुखुरामा प्रयोग गर्नुपर्ने एन्टिबायोटिकबारे किसान तथा सेवाग्राहीलाई आवश्यक जानकारी दिँदै आएको जनाएको छ।

जैविक सुरक्षा अपनाउन सुझाव

कुखुराजन्य रोगको संक्रमण नियन्त्रणका लागि किसानले जैविक सुरक्षा (बायोसेक्युरिटी) मा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ। कुखुराको खोरमा सरसफाइ, बाहिरी व्यक्तिको आवतजावत नियन्त्रण, संक्रमित कुखुरा अलग राख्ने तथा आवश्यक स्वास्थ्य परीक्षण नगरी नयाँ कुखुरा नथप्ने जस्ता उपायले रोगको जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ।

प्रयोगशालाले कुखुरामा हुने रोग पहिचानका लागि पोस्टमार्टमसँगै कल्चर, पीएटी, इलाइजा तथा द्रुत परीक्षण लगायतका विधि प्रयोग गर्दै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, एभियन इन्फ्लुएन्जासहित विभिन्न रोग पुष्टि

डिजिटल बैंकिङ विस्तारसँगै बढ्दो साइबर जोखिम, सुरक्षा खर्चमा पनि दबाब

नेपालगञ्ज–पोखरा हवाई सेवा भदौ ३१ देखि पुनः सञ्चालन

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

भावुक हुँदै अमेरिका फर्किए धुर्मुस, लेखे– ‘१८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु’

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu