ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ४५   बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट तीन जना मन्त्री थपिएका छन्। करिब तीन सातादेखि रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार साँझ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय बाँडफाँटमा सहमति भएपछि अघि बढेको हो।

प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरू टेकराज पछाई, जितबहादुर मल्ल र कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथगराएका हुन्।

मन्त्रालयको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ। टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालय, जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

तीन सातापछि खुल्यो मन्त्रिपरिषद् विस्तारको बाटो

सत्तारूढ एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार लामो समयदेखि रोकिएको थियो।

बुधबार मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि दुई दलबीच मन्त्रालयको भागबन्डामा सहमति जुटेको थियो। सहमतिअनुसार एमालेको भागमा तीन मन्त्रालय परेको थियो।

त्यसपछि एमालेले आफ्ना तीन सांसदलाई मन्त्रीका रूपमा सरकारमा पठाएको हो।

नेकपाका तीन मन्त्री नियुक्त हुन बाँकी

सत्तारूढ गठबन्धनबीच भएको सहमतिअनुसार नेकपाको भागमा पनि तीन मन्त्रालय परेका छन्। तर ती मन्त्रालयमा मन्त्री नियुक्त हुन भने बाँकी छ।

यससँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारले गति लिए पनि अझै पूर्णता पाइसकेको छैन। नेकपाले आफ्ना तर्फबाट मन्त्रीको नाम टुंग्याएपछि मन्त्रिपरिषद्ले पूर्ण आकार पाउने अपेक्षा गरिएको छ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री मंगलबहादुर शाही, प्रदेश सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

कर्णाली प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, बुधबार बस्ने

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu