ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : १५   बजे

नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली जुत्ता ब्रान्ड जेम्सले सहभागिता जनाउने भएको छ।

अगस्ट २१ देखि २३ तारिखसम्म नयाँ दिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल जुत्ता फ्याक्ट्री प्रालिले आफ्नो स्टल राख्ने भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अर्यालका अनुसार लामो समयपछि नेपाली कम्पनीले उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाउन लागेको हो। नेपाल जुत्ता फ्याक्ट्रीले विगत २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको छ।

एक्स्पोमा भारतका करिब ४ सय जुत्ता उद्योग तथा व्यवसाय सहभागी हुने अनुमान गरिएको छ।

सीईओ अर्यालले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीमा नेपाली कम्पनीको सहभागिताले नेपालको फुटवेयर उद्योग र उत्पादनलाई भारतीय बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनका अनुसार एक्स्पो नेपाली जुत्ताको गुणस्तर, उत्पादन क्षमता र ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुका साथै नयाँ बजार विस्तार गर्ने अवसरसमेत हुनेछ।

कम्पनीले भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न एक्स्पोको सहभागितालाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

रुसी मिसाइल आक्रमणमा किभमा पाँच जनाको मृत्यु, २३ घाइते

ह्यारी र मेगन बेलायत फर्किँदै, छोराछोरी बेलायती विद्यालयमा भर्ना

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

रक्षामन्त्रीबाट हटाइएका फेडोरोभद्वारा चुनावको माग : युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu