पोखरा । पोखरा–२५ हेमजा फुर्केटारीकी ४३ वर्षीया धनमाया बिक मृत अवस्थामा फेला परेकी छन्। उनी साउन २९ गते साँझ घरबाट निस्किएकी थिइन्।
अत्यधिक मदिरा सेवन गरेर घरबाट निस्किएकी बिकको खोजी गर्ने क्रममा बिहीबार बिहान पोखरा–२५ स्थित घट्टेखोला किनारको खोचमा पानीभित्र शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, उनी घरबाट निस्किएपछि आफन्त र प्रहरीको टोलीले खोजी गरिरहेको थियो। यसक्रममा साउन ३० गते घट्टेखोला किनारमा उनको रातो पछ्यौरा फेला परेको थियो।
बिहीबार बिहान करिब ११ बजे पानीभित्र शव फेला परेपछि उनका श्रीमान् झकबहादुर बिकले शवको सनाखत गरेका हुन्।
शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्