काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको राप्रपाको बैठकमा वाग्मती प्रदेश सरकार गठनसँग सम्बन्धित विषयमा समीक्षा गर्दै थापामाथि कारबाही गर्ने निर्णय गरिएको हो । एमाले नेतृत्वको सरकार गठनमा पार्टीको निर्णयविपरीत सहयोग गरेको भन्दै थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने र पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
पार्टी निर्णयविपरीत सरकारलाई समर्थन
राप्रपाको केन्द्रीय नेतृत्वले वाग्मती प्रदेश सरकार गठनका विषयमा गरेको निर्णयविपरीत थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको बताइएको छ । त्यसपछि पार्टीले उनीमाथि अनुशासनको कारबाही अघि बढाएको हो ।
यद्यपि, राप्रपाले थापालाई प्रदेश सांसदबाट पदमुक्त तथा पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णयबारे औपचारिक रूपमा जानकारी सार्वजनिक गरिसकेको छैन । पार्टी स्रोतका अनुसार बैठकबाट भने यस्तो निर्णय भएको पुष्टि भएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्