ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक सहायता र एनजिओको वित्तीय कारोबार पारदर्शी बनाउन खुस्बु ओलीको माग


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : २५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता तथा गैरसरकारी संस्थाको वित्तीय कारोबारलाई थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताएकी छन्।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै ओलीले एनजिओ तथा आइएनजिओका परियोजनामा आउने रकम, खर्च र उपलब्धिको स्पष्ट विवरण सार्वजनिक तथा सरकारी निकायको पहुँचमा हुनुपर्ने बताइन्।

उनले एनजिओ तथा आइएनजिओका गतिविधि र वित्तीय प्रतिवेदनको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै वास्तविक रूपमा कति रकम नेपाल भित्रियो र कति खर्च भयो भन्ने विवरण स्पष्ट हुनुपर्ने बताइन्।

ठूला दातृ निकायसँग नेपालले गर्ने वार्ताको रणनीतिमा समेत सुधार आवश्यक रहेको उनको भनाइ थियो। परियोजनाका लागि स्वीकृत रकम, वास्तविक निकासा र खर्चको विवरण सम्बन्धित दातृ निकायले सरकारलाई पूर्ण रूपमा उपलब्ध गराउँछन् कि गराउँदैनन् भन्ने विषयमा समेत उनले प्रश्न उठाइन्।

ओलीले वैदेशिक सहायतामार्फत केही गैरसरकारी संस्थाले नास्तिकता र धर्मान्तरणसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको आरोपसमेत लगाइन्।

‘नेपालमा आइएनजिओको नामबाट आउने बजेट नास्तिकता र धर्मान्तरणका लागि अधिकतम प्रयोग गरेको पाइएको छ,’ उनले भनिन्, ‘मैले एउटा मात्रै धर्मको कुरा गरिरहेको छैन, विभिन्न धर्मका संघसंस्थामा त्यस्ता बजेट आउने र धर्मान्तरण, नास्तिकता फैलाउनेजस्ता गतिविधि भएको हामीले देखिरहेका छौँ।’

विभिन्न धार्मिक संघसंस्थाले गाउँ–गाउँमा धर्मान्तरणका लागि मानिस परिचालन गरेको दाबी गर्दै उनले त्यस्ता गतिविधिलाई नियमनको दायरामा ल्याउनुपर्ने बताइन्।

‘अहिले त विदेशी मान्छेहरू नै गाउँ–गाउँमा खटिएको पनि हामीले देखिरहेका छौँ। यो कुरा नियमनमा आउनुपर्छ। यसले देशमा धार्मिक द्वन्द्व पनि उत्पन्न गर्न सक्छ,’ ओलीले भनिन्।

उनले वैदेशिक सहायता र गैरसरकारी संस्थामार्फत सञ्चालन हुने सबै परियोजनाको वित्तीय कारोबार तथा गतिविधिको प्रभावकारी अनुगमन आवश्यक रहेको बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Emir Kusturica Accuses YouTube of Censorship After Channel Removal

Central African Republic Mine Collapse Kills Over 100

Israel Admits Firing on Vehicle Carrying Palestinian Child Hind Rajab, Launches Investigation

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

Syria Denies Plans for Turkish Military Base Following Israeli Airstrike

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu