ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : ४५   बजे

हेटौँडा । भक्तपुर क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य किरण थापा मगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्री बनेका छन्। बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सामाजिक सेवाबाट राजनीतिक यात्रा सुरु गरेका थापाले छोटो समयमै स्थानीय तहदेखि प्रदेश सरकारसम्म महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन्।

२०३३ सालमा भक्तपुरमा जन्म

थापा मगरको जन्म २०३३ साल भदौ १४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा भएको हो। भैरवबहादुर थापा मगर र ललिता थापा मगरका सन्तान उनी सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हुन्।

उनले २०४७ सालदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउन थालेका थिए। उनको शैक्षिक योग्यता आईए तहसम्म रहेको छ।

वडाध्यक्षदेखि प्रदेश मुख्यमन्त्रीसम्म

नेकपा एमालेको भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थापाले स्थानीय तहको नेतृत्वबाट राजनीतिक अनुभव हासिल गरेका हुन्।

२०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका उनले नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।

२०७९ सालमा भक्तपुर क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनी बागमती प्रदेश सरकारमा प्रवेश गरे। त्यसपछि २०८१ साउन ९ गतेदेखि २०८३ साल असारसम्म दुईपटक स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।

सामाजिक क्षेत्रमा लामो सक्रियता

राजनीतिसँगै थापा मगर सामाजिक तथा खेलकुद क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्। उनले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापति तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापति दुई कार्यकाल रहेका थिए। नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबमा संरक्षकको भूमिका पनि उनले निर्वाह गरेका छन्।

निजी व्यवसायमार्फत पाँच सयभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको दाबी पनि उनीसँग जोडिएको छ।

सेवासुविधा त्यागेर सामाजिक काम

वडाध्यक्षका रूपमा रहँदा सरकारी भत्ता, पेट्रोल तथा फोनलगायतका सेवासुविधा नलिई त्यसबाट बचत भएको रकम सामाजिक क्षेत्रमा खर्च गरेको बताइएको छ।

त्यसैबाट १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको र उक्त कोष हाल ४० लाख रुपैयाँ पुगेको दाबी गरिएको छ।

विपद्का बेला सक्रिय

२०७२ सालको भूकम्प, २०७५ सालको हनुमन्ते बाढी तथा कोरोना महामारीका समयमा थापा मगर उद्धार, राहत र स्वास्थ्य सहायता अभियानमा सक्रिय रहेको बताइन्छ।

कोरोना महामारीका क्रममा निःशुल्क पीसीआर परीक्षणको समन्वय, संक्रमितका घरघरमा अक्सिजन तथा औषधि पुर्‍याउने, स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन तथा १०० शय्याको क्वारेन्टाइन स्थापना गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, घर फर्किन चाहने श्रमिकका लागि यातायात व्यवस्थापनमा समेत सहयोग गरेको बताइएको छ।

अब वडाध्यक्ष, प्रदेशसभा सदस्य र प्रदेशमन्त्री हुँदै बागमती प्रदेशको मुख्यमन्त्री बनेका थापा मगरसामु स्थानीय तहको नेतृत्वदेखि प्रदेश सरकार सञ्चालनसम्मको अनुभवलाई प्रदेश विकास, जनसेवा र सामाजिक रूपान्तरणमा प्रयोग गर्ने चुनौती छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Emir Kusturica Accuses YouTube of Censorship After Channel Removal

Central African Republic Mine Collapse Kills Over 100

Israel Admits Firing on Vehicle Carrying Palestinian Child Hind Rajab, Launches Investigation

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

Syria Denies Plans for Turkish Military Base Following Israeli Airstrike

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu