ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ५ : ०५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ठूला राजनीतिक दलका नेता जोडिएका भ्रष्टाचारका मुद्दा अघि नबढाएको भन्दै अख्तियारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

शाहीले माओवादी लडाकु शिविर, गिरिबन्धु टी–इस्टेट, तारागाउँ जग्गा–सेयर, नेपाल आयल निगमको जग्गा खरिद, ओम्नी र एनसेल प्रकरणलगायतका विषयमा अनुसन्धान किन अघि नबढाइएको भन्दै प्रश्न गरे। उनले यस्ता प्रकरणमा अनुसन्धान गर्न ढिलाइ भएको आरोप लगाए।

उनले १८२ सिट जितेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पनि सुशासनका क्षेत्रमा अपेक्षित काम गर्न नसकेको दाबी गरे। विगतमा कांग्रेस–एमालेले अख्तियारमा पार्टी निकट व्यक्तिलाई नियुक्ति गरेको आरोप लगाउँदै शाहीले अहिले रास्वपाले पनि त्यही प्रवृत्ति दोहोर्‍याउन खोजेको आरोप लगाए।

अख्तियारमा खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रस्ताव

शाहीले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्त गर्ने वर्तमान संवैधानिक व्यवस्थामा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अघि सारे। संवैधानिक परिषद्बाट हुने नियुक्तिको सट्टा खुला प्रतिस्पर्धाबाट प्रमुख आयुक्त तथा आयुक्त छनोट गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

उनले सत्तापक्षलाई यससम्बन्धी संविधान संशोधनको मस्यौदा संसद्मा ल्याउन आग्रह गर्दै आवश्यक परे दुईतिहाइ बहुमतबाट पारित गर्न आफूहरू तयार रहेको बताए।

मन्त्रिपरिषद्का निर्णयमाथि पनि अनुसन्धानको माग

शाहीले मन्त्रिपरिषद्का निर्णयमा अख्तियारको क्षेत्राधिकार सीमित हुने व्यवस्था हटाउनुपर्ने मागसमेत गरे। भ्रष्टाचार नियन्त्रण प्रभावकारी बनाउन मन्त्रिपरिषद्का निर्णयमाथि समेत आवश्यक अनुसन्धान गर्न सक्ने व्यवस्था हुनुपर्ने उनको तर्क थियो।

उनले अख्तियार राजनीतिक दबाबमा परेको आरोप लगाउँदै ठूला भ्रष्टाचारका प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Emir Kusturica Accuses YouTube of Censorship After Channel Removal

Central African Republic Mine Collapse Kills Over 100

Israel Admits Firing on Vehicle Carrying Palestinian Child Hind Rajab, Launches Investigation

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

Syria Denies Plans for Turkish Military Base Following Israeli Airstrike

OpenAI Slows AI Development Citing Escalating Cybersecurity Risks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu