ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा राप्रपाले तीन मन्त्रालय पाउने, तीन सांसद मन्त्री बन्दै


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : ३५   बजे

हेटौँडा । बागमती प्रदेश सरकार गठनमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन मन्त्रालय पाउने भएको छ।

सहमति अनुसार राप्रपाबाट राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापति मन्त्री बन्ने भएका छन्। राप्रपा सांसद राजु विष्टका अनुसार आफूले खानेपानी तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। गिरबहादुर तामाङलाई सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

सत्ता गठबन्धनमा एमालेले मुख्यमन्त्रीसहित दुई र नेकपाले दुई मन्त्रालय लिने सहमति भएको बताइएको छ। नेकपाले भौतिक पूर्वाधार तथा वन तथा वातावरण मन्त्रालय पाउने सम्भावना रहेको छ भने एमालेले मुख्यमन्त्रीबाहेक अर्थ मन्त्रालय लिने तयारी गरेको बताइएको छ।

राप्रपाभित्रै विवाद

बागमतीमा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेपछि राप्रपाभित्र भने विवाद चर्किएको छ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै पत्र पठाएका थिए। तर उक्त निर्णय पार्टीको केन्द्रीय निर्णयविपरीत भएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले थापामाथि कारबाही प्रक्रिया अघि बढाएका छन्।

यस विषयमा आवश्यक निर्णय गर्न राप्रपाले अनुशासन समिति र कार्यसम्पादन समितिको बैठकसमेत बोलाएको बताइएको छ।

आजै शपथ

प्रदेश प्रमुखको कार्यालयले बिहीबार अपराह्न ४ बजे मुख्यमन्त्री नियुक्त गर्ने र त्यसपछि ४ः२० बजे शपथ गराउने समयतालिका सार्वजनिक गरिसकेको छ।

मुख्यमन्त्रीको नियुक्तिसँगै गठबन्धनमा सहभागी दलका मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Emir Kusturica Accuses YouTube of Censorship After Channel Removal

Central African Republic Mine Collapse Kills Over 100

Israel Admits Firing on Vehicle Carrying Palestinian Child Hind Rajab, Launches Investigation

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

Syria Denies Plans for Turkish Military Base Following Israeli Airstrike

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu