ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, एक वर्षमा २१ नाउर र ११ झारलको सिकार


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ४५   बजे

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत एक वर्षमा २१ वटा नाउर र ११ वटा झारलको सिकार गरिएको छ। विदेशी सिकारीले प्रतिस्पर्धामार्फत सिकार अनुमति प्राप्त गर्न मात्रै चार करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएका छन्।

ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार सञ्चालन हुने गर्छ। गत आर्थिक वर्षको पहिलो सिकार याम असोजदेखि मंसिरसम्म र दोस्रो सिकार याम फागुनदेखि वैशाखसम्म सञ्चालन गरिएको थियो।

आरक्ष कार्यालयका अनुसार दुवै याममा विदेशी सिकारीबाट नाउर र झारलको सिकारबापत कुल चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। पहिलो चरणमा तीन करोड तीन लाख पाँच हजार रुपैयाँ र दोस्रो चरणमा एक करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो।

अनुमति बढी, सिकार कम

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा ११ नाउर र आठ झारलको सिकारका लागि अनुमति दिइएको थियो। तर, विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारल मात्रै सिकार गर्न सफल भए।

राजस्व बुझाइसके पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन।

त्यस्तै, दोस्रो सिकार याममा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो। यस अवधिमा १३ नाउर र छ झारलको सिकार गरिएको थियो भने एक नाउर र चार झारलको सिकार हुन सकेन।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठासम्बन्धी समस्या, सिकारी बिरामी पर्नु, मौसम प्रतिकूल हुनु तथा निसाना चुक्नुलगायत कारणले अनुमति लिइएका सबै वन्यजन्तुको सिकार हुन नसकेको हो।

१५ दिनको सिकारमा ३५ लाखसम्म खर्च

ढोरपाटनमा कानुनी रूपमा सिकार गर्न पाइने भएकाले अमेरिका, स्पेन, नेदरल्यान्ड्स, मेक्सिकोलगायत देशबाट विदेशी सिकारी आउने गरेका छन्।

सिकारका लागि हेलिकोप्टर, सहयोगी, भरिया, बन्दोबस्ती सामग्री तथा अन्य सम्पूर्ण खर्च सिकारी स्वयंले व्यहोर्नुपर्छ। आरक्ष कार्यालयका अनुसार एक विदेशी सिकारीले १५ दिनसम्म चल्ने सिकार अभियानमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्।

सिकारीसँगै नेपाली सेना, आरक्षका कर्मचारी तथा सहयोगी टोली अधिकतम १५ दिनसम्म जंगलमा रहने गर्छन्। सिकारका लागि आवश्यक मार्गनिर्देशन र व्यवस्थापन गर्न आरक्ष कार्यालयले कर्मचारी तथा भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गरेको छ।

सात ब्लकमा विभाजित आरक्ष

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या तथा संरक्षण अवस्थालाई आधार बनाएर प्रत्येक वर्ष सिकार कोटा निर्धारण गर्ने गर्छ। ढोरपाटन सिकार आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सात वटा सिकार ब्लकमा विभाजन गरिएको छ।

हरेक सिकार यामअघि विभागले विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। नाउर वा झारलको मूल्यसँगै ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर र अन्य व्यवस्थापन खर्च जोडिँदा एक सिकारीले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ।

हालसम्म ढोरपाटनमा नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले भने प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ।

वि.सं. २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको नेपालको एकमात्र सिकार आरक्ष हो। यो करिब एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री कार्यालयमा ‘थुनिएको’ विषयमा अख्तियार प्रमुख राईको स्पष्टीकरण

सार्वजनिक सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

ठमेल चौबीसै घण्टा खुला रहने सहमति

नेपालगन्ज–पोखरा हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

कतार एयरवेजको विमानमा तातो कफी पोखिएर घाइते यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu