ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज–पोखरा हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ३५   बजे

नेपालगन्ज । लामो समयदेखि स्थगित नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेपछि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार नेपालगन्जबाट हुने यो उडानले भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ। भारतबाट आउने धार्मिक पर्यटकको संख्या बढेसँगै पछिल्लो समय उडानको मागसमेत बढेको शाहले बताए।

यसअघि भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नुका साथै इन्धन खर्च बढेपछि गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। अहिले पर्यटकको आवागमन र यात्रुको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका अनुसार नेपालगन्ज–पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। उडानका लागि बुकिङसमेत खुला गरिएको छ।

उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगन्ज–पोखरा सातामा तीन दिन उडान सुरु भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

ठमेल चौबीसै घण्टा खुला रहने सहमति

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

कतार एयरवेजको विमानमा तातो कफी पोखिएर घाइते यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

बासुदेव खोलाले बगाएका दुई बालिकामध्ये थप एकको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu