ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतार एयरवेजको विमानमा तातो कफी पोखिएर घाइते यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति


ABC NEWS
३ भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौँ । उपभोक्ता अदालत काठमाडौँले कतार एयरवेजको विमानमा यात्रा गर्ने क्रममा तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।

ललितपुरकी ५२ वर्षीया प्रिती थापाले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उक्त फैसला सुनाएको हो।

अदालतको यो फैसला अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीको लापरबाहीबाट यात्रु घाइते भएको विषयमा नेपालमा भएको महत्वपूर्ण फैसलाका रूपमा हेरिएको छ।

विमानभित्रै पोखिएको थियो तातो कफी

घटना सन् २०२३ जुलाई १० को हो। थापा कतार एयरवेजको उडान नम्बर क्यूआर ७४४ मार्फत अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौँ आउँदै थिइन्।

उक्त उडानका क्रममा क्याबिन क्रुले कफी दिने क्रममा पर्याप्त सावधानी नअपनाउँदा तातो कफी थापाको पेट तथा तिघ्राको संवेदनशील भागमा पोखिएको थियो। त्यसबाट उनलाई दोस्रो तहको जलन भएको थियो।

फिरादपत्रमा उल्लेख भएअनुसार कफी पोखिएपछि थापाले तत्काल प्राथमिक उपचारका लागि औषधि मागेकी थिइन्। तर विमानमा आवश्यक औषधि उपलब्ध नभएको जवाफ पाएको उनको दाबी थियो।

त्यसपछि उनी करिब तीनदेखि चार घण्टासम्म विमानमै पीडा सहेर यात्रा गर्न बाध्य भएको बताइएको छ। नेपाल आएपछि उनले कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार गराएकी थिइन्।

कतार एयरवेजको दाबी अदालतले मानेन

मुद्दाको सुनुवाइका क्रममा कतार एयरवेजले कफी यात्रुकै कारण पोखिएको दाबी गर्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको थियो। तर अदालतले उक्त दाबी स्वीकार गरेन।

अदालतले क्याबिन क्रुले तातो कफी प्रदान गर्दा पर्याप्त सावधानी नअपनाएको र कफीको कपको बिर्कोसमेत सुरक्षित नभएको निष्कर्ष निकालेको छ। यही कारण कफी पोखिएर यात्रु घाइते भएको अदालतको ठहर छ।

अदालतले विमानभित्र यात्रुको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनु विमान कम्पनीको दायित्व भएको समेत फैसलामा स्पष्ट पारेको छ।

मोन्ट्रियल महासन्धि र उपभोक्ता संरक्षण ऐनलाई आधार

फैसला गर्दा अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी सन् १९९९ को मोन्ट्रियल महासन्धि तथा नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ लाई आधार बनाएको छ।

मोन्ट्रियल महासन्धिको धारा १७ अनुसार विमानभित्र हुने दुर्घटनाबाट यात्रुलाई शारीरिक चोटपटक लागेमा विमान कम्पनीको दायित्व रहने व्यवस्था छ। सोही कानुनी व्यवस्थालाई आधार बनाएर अदालतले यात्रुको क्षतिपूर्तिको दाबीलाई सम्बोधन गरेको हो।

कसरी निर्धारण भयो २ करोड ६१ लाख क्षतिपूर्ति?

वादी थापाले शारीरिक तथा मानसिक पीडा, उपचार खर्च र आयआर्जनमा भएको क्षतिसहित २ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन्।

अदालतले यात्रुको चोटपटक, उपचार, पीडा तथा अन्य क्षतिको अवस्था र मोन्ट्रियल महासन्धिमा उल्लेखित ‘स्पेसल ड्रइङ राइट्स’को विनिमय दरलाई समेत आधार बनाएर कुल २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ।

फैसलाप्रति चित्त नबुझे पक्षले ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ।

अन्तर्राष्ट्रिय विमान कम्पनीको सेवाका क्रममा यात्रु घाइते भएको विषयमा नेपालमा यति ठूलो क्षतिपूर्ति भराउने फैसला आएको यो महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। फैसलाले विमान कम्पनीले यात्रुको सुरक्षा तथा सेवा प्रवाहमा अपनाउनुपर्ने सावधानी र जिम्मेवारीबारे समेत महत्वपूर्ण कानुनी नजिर स्थापित गर्न सक्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

रवि लामिछानेको स्पष्टोक्ति– ‘रास्वपाका मन्त्री फेर्ने कुनै योजना छैन’

सम्बन्धित

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

बासुदेव खोलाले बगाएका दुई बालिकामध्ये थप एकको शव फेला

कालभैरव मन्दिरमा हरेलो मेला, धार्मिक पर्यटनमा निजी क्षेत्रको लगानी बढाउनुपर्नेमा जोड

सहिद स्मारकमा बन्यो हिमालको आकर्षक आकृति, पर्यटक तान्ने अपेक्षा

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu