ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङका ६ एम्बुलेन्स अझै ‘ग’ वर्गमै, मापदण्ड नपुर्‍याए सञ्चालनमा रोक लगाइने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

बागलुङ । नेपाल सरकारले ‘एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८’ जारी गरेको पाँच वर्ष बितिसक्दा पनि बागलुङका ६ वटा एम्बुलेन्स अझै ‘ग’ वर्गमै सञ्चालन भइरहेका छन्। पुराना तथा जीर्ण अवस्थामा रहेका ती एम्बुलेन्सलाई न्यूनतम ‘ख’ वर्गमा स्तरोन्नति गर्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन।

निर्देशिकाले एम्बुलेन्सलाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा विभाजन गरेको छ। सरकारले सकेसम्म सबै एम्बुलेन्सलाई ‘क’ वर्गको बनाउनुपर्ने नीति लिएको छ भने ‘ग’ वर्गका एम्बुलेन्सलाई न्यूनतम ‘ख’ वर्गमा स्तरोन्नति गर्नुपर्ने व्यवस्था गरेको छ। मापदण्ड पूरा गर्न नसक्ने ‘ग’ वर्गका एम्बुलेन्स सञ्चालनमा रोक लगाउने तथा एम्बुलेन्सका रूपमा पहिचानसमेत प्रयोग गर्न नपाइने व्यवस्था छ।

१४ मध्ये ६ एम्बुलेन्स मापदण्डविपरीत

बागलुङमा सञ्चालनमा रहेका १४ वटा एम्बुलेन्समध्ये ६ वटा अझै ‘ग’ वर्गकै छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार ती एम्बुलेन्स जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन्।

धौलागिरि अस्पतालका लागि विदेशमा रहेका युवाहरूको सहयोग र बागलुङ नगरपालिकाको थप लगानीबाट ‘क’ वर्गको एम्बुलेन्स खरिद गरिएको छ। तर बागलुङ नगरपालिका–१२ अमलाचौर स्वास्थ्य चौकीमा सञ्चालित एम्बुलेन्स अझै ‘ग’ वर्गकै छ।

गलकोट नगरपालिका र निसीखोला गाउँपालिकाले समेत पुराना एम्बुलेन्सलाई मर्मत गरी ‘ख’ वर्गमा स्तरोन्नति गर्न सकेका छैनन्। बागलुङमा अधिकांश एम्बुलेन्स नेपाल रेडक्रसका उपशाखामार्फत सञ्चालनमा छन्। आवश्यक सुधारका लागि पर्याप्त बजेट नहुँदा ती एम्बुलेन्स पुरानै अवस्थामा रहेको बताइएको छ।

बजेट अभाव मुख्य समस्या

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले एम्बुलेन्स सुधारका लागि प्रयास भइरहेको बताए।

‘सुधार गर्ने त हो, बजेट भए नयाँ किन्ने सोचमा छौँ, तर सकिएको छैन,’ उनले भने।

रेडक्रसले कार्यालय, प्रयोगशाला र रक्तसञ्चार सेवामा सुधार गरिसकेको भन्दै अब प्राप्त हुने सहयोग एम्बुलेन्समा लगानी गर्ने योजना रहेको आचार्यले बताए।

मापदण्ड नपुर्‍याए कारबाही

प्रदेश जनस्वास्थ्य कार्यालयकी निरीक्षक शर्माका अनुसार एम्बुलेन्सको मापदण्ड पालना गराउन पटक–पटक पत्राचार गरिएको छ। अब भने मापदण्ड कार्यान्वयनमा कडाइ गर्ने तयारी गरिएको छ।

‘मापदण्डलाई कडाइ गरिए पनि अझै पालना गर्न सकिएको छैन। अब कडाइ गरेर जाने कुरा भएको छ,’ उनले भनिन्।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष र स्वास्थ्य कार्यालय सदस्य सचिव रहने गरी एम्बुलेन्स मापदण्ड अनुगमन समिति गठन गरिएको छ। समितिले मापदण्ड पूरा नगर्ने एम्बुलेन्सका सञ्चालक तथा चालकलाई अन्तिम चेतावनी दिने तयारी गरेको छ।

‘ख’ वर्गमा स्तरोन्नतिका लागि थप प्रक्रिया

‘ख’ वर्गको एम्बुलेन्सका रूपमा सञ्चालन गर्न निर्देशिकाको अनुसूची–१४ अनुसार प्राविधिकबाट एम्बुलेन्सको अवस्था जाँच गराई प्रतिवेदन पेश गर्नुपर्नेछ। त्यससँगै अघिल्लो वर्षको लेखापरीक्षण, जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सिफारिस र सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाको निर्णयसमेत आवश्यक पर्नेछ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। मापदण्डअनुसारको सवारीमा साइरन, रातो संकेत बत्ती, फोर ह्विल ड्राइभ, एक हजार सीसीभन्दा बढी क्षमताको इन्जिन, चालकको सिट पछाडि अन्य सिट नरहेको, जीपीएस जडान र नवीकरणको स्टिकरलगायत व्यवस्था हुनुपर्नेछ।

मापदण्ड नपुर्‍याए ‘एम्बुलेन्स’ लेख्न नपाइने

रेडक्रस, काठेखोला गाउँपालिका, गलकोट र ढोरपाटन नगरपालिका तथा अमलाचौर स्वास्थ्य चौकीमा सञ्चालित एम्बुलेन्सले मापदण्ड पूरा नगरे अब कारबाहीमा पर्ने भएका छन्।

अनुगमन समितिका अनुसार मापदण्ड पूरा नगरेका जिल्लाका ६ वटा एम्बुलेन्सबाट ‘एम्बुलेन्स’ लेखिएको पहिचान हटाइनेछ। त्यसपछि ती सवारी साधनले बिरामी बोक्ने साधारण गाडीका रूपमा मात्र सञ्चालन गर्न पाउनेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

US Redesignates Hezbollah as Iranian Proxy, Imposes New Sanctions

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu